काभ्रे/ लड्केश्वर धाममा २०८० सालमा सम्पन्न राष्ट्रिय कोटिहोमको चर्चा गर्दा मुकुन्द शर्मा हुमागाईको नाम छुट्दैन।
ती पत्रकार हुन्, जसले पत्रकारिताभन्दा पनि गहिरो रूपमा धर्म, संस्कृति र परम्परालाई जीवन दर्शनको रूपमा आत्मसात गरेका छन् ।
उनकै पहलमा १०८ फिट अग्लो त्रिशूल पुनर्निर्माण भएको छ ।
त्यसअघि वर्षौंसम्म उपेक्षित रहेको त्रिशूल निर्माण कार्य थाल्नै सकिएको थिएन।
तर, मुकुन्द शर्माले केवल निर्माण मात्र गरेनन्, ‘कोटिहोम’ जस्तो आयोजनामार्फत ७७ जिल्लाका जनसमुदायलाई सहभागी गराएर नेपालकै ठूलो धार्मिक संयोजन सम्भव बनाए ।
यो अभियान पश्चात उनलाई कालाग्निरुद्र पीठाधीश घोषणा गरिएको थियो, जुन पद प्रतिष्ठासँग मात्र नभई शास्त्रीय प्रमाणसँग पनि जोडिएको छ। सूर्य पुराणको ५७औँ अध्यायमा वर्णित कालाग्निरुद्र सन्दर्भलाई उनैले व्याख्यात्मक रूपमा पुनःस्थापन गरे ।
आज उनी केवल एक आयोजक होइनन् । उनी जन–आस्था र सनातन संस्कृति जोड्ने सेतु बनेको उनका साथीहरु बताउँछन् ।