प्रधानमन्त्री कार्यालयमा बालेन साहको खोजी, अनिवार्य उपस्थित हुन निर्देशन !

प्रधानमन्त्री कार्यालयमा बालेन साहको खोजी, अनिवार्य उपस्थित हुन निर्देशन !

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • images
    images
    प्रधानमन्त्री कार्यालयमा बालेन साहको खोजी, अनिवार्य उपस्थित हुन निर्देशन !
    images
    images

    काठमाडौँ / गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रम सम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

    उक्त बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह भने उपस्थिति भएनन् । उपमेयर सुनिता डंगोल सहभागी सो बैठकमा प्रधानमन्त्रीले काठमाडौँकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिए । 

    प्रधानमन्त्रीले बालेन साहको नाम नलिए पनि उनलाई लक्षित गर्दै भने  “यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको पनि उपस्थिति हुनुपर्छ । तर कुनैपनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन । आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ ।”

    मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू, सदस्य र गृह मन्त्रालयका सचिव, सदस्यसचिव रहने छन् ।

    बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ । 

    यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

    प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सिमित नराख्न आग्रह गरे । यस्ता मूल समारोह समितिमा व्यक्ति (पदाधिकारी)हरू पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com