उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन : धनराज गुरुङ

उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन : धनराज गुरुङ

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन : धनराज गुरुङ
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्छ । उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न सक्दैन । उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो । उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो । यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ । हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो । आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ ।’

    साथै उनले उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्ने बताए । उनले राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नमा हुनुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com