सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपालीसहित भारतीय प्रतिस्पर्धीहरू सहभागी

सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपालीसहित भारतीय प्रतिस्पर्धीहरू सहभागी

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपालीसहित भारतीय प्रतिस्पर्धीहरू सहभागी
    images
    images

    काठमाडौँ / सिङिङ्ग सुपरस्टार टिमले नेपाली संगीतको उन्नयन र नयाँ प्रतिभाहरूको खोजको लागि सिङिङ्ग सुपरस्टार सिजन २ को घोषणा गरेको छ । टिमका अनुसार पहिलो सिजनको अपार सफलतापछि उत्साह र जोशलाई निरन्तरता दिँदै सिजन २ को घोषणा गरेको हो । 

    यस सिजनको निर्णायक मण्डलमा नेपाली पप गायक तथा संगीतकार सञ्जय श्रेष्ठ, अनुभवी संगीतकार र गायक हरिश माथेमा, युवा पुस्ताका लागि प्रेरणादायी गायक तथा संगीतकार विवेक श्रेष्ठसहित हरेक हप्ता एक जना अतिथि निर्णायक रहनेछन् । 
    सिङिङ्ग सुपरस्टार सिजन २ को निर्देशन रवि श्रेष्ठले गर्नेछन् । उनले यस भन्दा अगाडि मुन्द्रेको कमेडी क्लब, नेपाल स्टार जस्ता सफल रियालिटी शोहरूको निर्देशन गरिसकेका छन् । 

    सिङिङ्ग सुपरस्टार सिजन २ ले नेपाली मात्र नभई भारतीय प्रतिस्पर्धीहरूलाई पनि स्वागत गर्दै दुई देशबीचको सांगीतिक सेतु बन्ने प्रयास गर्नेछन् । 

    सिजन २ मा प्रतिस्पर्धा प्रारम्भ डिजिटल अडिसनबाट गरिएको छ भने देश ÷विदेशबाट अनलाइन आवेदन सङ्कलन गरी हजारौँ प्रतिभाहरूले आफ्नो गायन कला प्रस्तुत गरेका थिए । 

    डिजिटल अडिसनको गहन मूल्याङ्कनपछि, फिजिकल अडिसनको चरणबाट उत्कृष्ट ४० प्रतिस्पर्धी छनोट गरिएका छन् । फिजिकल अडिसनको प्रसारण चाँडै नै टेलिभिजन र डिजिटल मञ्चमा हुनेछ ।

    फिजिकल अडिसन सम्पन्न भएपछि, सिङिङ्ग सुपरस्टार सिजन २ को ग्रान्ड प्रीमियर आयोजना गरिने आयोजन टिमले जानकारी दिएको छ । 

    ग्रान्ड प्रिमियर पश्चात् प्रतिस्पर्धीहरू निर्णायक मण्डलको मात्र नभई दर्शकहरूको पनि समर्थनका लागि प्रस्तुत हुनेछन् र उनीहरूको प्रस्तुतिको दर्शकिय मुल्यांकनका लागि भोटिङ राउन्ड सुरु हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com