काठमाडौँ / नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बुटवल-भैरहवा क्षेत्रमा नयाँ क्रेटा इभि सार्वजनिक तथा विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।
ग्राहकहरूलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रूपमा स्थापित गरिसकेको छ ।
कम्पनीको अनुसार, नयाँ क्रेटा इभिको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ।धेरैलाई इभि खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ।
तर हुन्डाई नेपालले देशमै क्रेटा आइसिई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा इभि तथा आइसिई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने जनाएको छ ।
साथै लक्ष्मी हुन्डाईले इभि इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दैछ जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँहरूमा रिल्याक्स डिसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ।
यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आइसिइ) र इभि कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ।
सोही अभियान अन्तर्गत कम्पनीले ३१ बैशाखमा सिद्दि विनायक मोटो कर्प प्रा.लि., बुटवल र जगत मोटर्स प्रा.लि.भैरहवा (हुन्डाईको आधिकारिक डिलर)को संयुक्त आयोजनामा बोधि भिल्ला, मणिग्राममा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभि सार्वजनिक गरेको थियो ।
जहाँ क्रेटा इभिसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको थियो। सो कार्यक्रममा ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रूपमा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया र सहभागिताले आफूहृमा उत्साह थपेको आयोजकले उल्लेख गरेको छ ।
पछिल्ला कार्यक्रमहरूको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा इभिका ३० भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम स्थलबाटै १० वटा क्रेटा इभि ग्राहकहरूलाई हस्तान्तरण पनि गरिएकको छ । यसले सो क्षेत्रका मानिसहरूले हुन्डाईप्रति अद्वितीय विश्वास र भरोसा राखेको प्रमाणित गरेको कम्पनीको भनाइ छ ।
उक्त क्षेत्रमै हुन्डाईको एसेम्बली प्लान्ट रहेकोले पनि त्यहाँका स्थानीय हुन्डाईको गाडी र सेवाप्रति विश्वस्त भएको बताइएको छ ।
कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।
लक्ष्मी इन्टरकन्टिनेन्टलअन्तर्गत सिद्दि विनायक मोटो कर्प प्रा.लि., बुटवल र जगत मोटर्स प्रा.लि. भैरहवाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी भएका सम्पूर्णप्रति धन्यवाद ज्ञापन गरेको छ ।
कम्पनीले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर रहेका आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने अठोट व्यक्त गरेको छ।