मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह

मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • images
    images
    मलेसियामा लगाइएको सिण्डिकेट स्वीकार्य छैन : अध्यक्ष सिंह
    images
    images

    काठमाडौँ / नेपाल वैदेशिक रोजगार संघको अध्यक्ष भुवन सिंहले मलेसियामा लगाइएको सिण्डिकेट कुनैपनि हालतमा स्वीकार नहुने बताए । 
    बुधबार सिण्डिकेटविरुद्ध खवरदारी तथा विरोध कार्यक्रममा बोल्दै उनले सिण्डिकेटका कुनै तथ्य भेटे जानकारी दिन आग्रह गर्दै सिण्डिकेट स्वीकार्य नभएको बताएका हुन् । 

    ‘मलेसियामा लगाइएको सिण्डिकेट हामीलाई कुनै हालतमा स्वीकार्य छैन । जबरजस्ति सिण्डिकेट लगाउन खोजे जसरी आउछ त्यसरी नै फाल्न तयार हुनेछौँ । तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ,’  उनले भने । उनले आफुले पाएको जिम्मेवारी पुरा गर्ने भन्दै सिण्डिकेट तोड्न प्रक्रिया अपनाउने बताए । 

    त्यस्तै, नेपाल वैदेशिक रोजगार संघको पूर्व अध्यक्ष रोहन गुरुङले मलेसियामा काम गरिरहेका संस्था र व्यक्तिहरुलाई सिण्डिकेटका विरुद्धमा लाग्न निर्देश गरे । उनले मलेसियाको सिण्डिकेट विस्तारै अन्य देशहरूमा पनि बढ्दै जाने भन्दै व्यवसायीहरू पलायन हुने वातावरण सिर्जना हुने बताए ।   

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com