जुबाओ भ्यानको बिक्रीमा आक्रामक सुरुवात, आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ भ्यान डेलिभरी

जुबाओ भ्यानको बिक्रीमा आक्रामक सुरुवात, आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ भ्यान डेलिभरी

मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • images
    images
    जुबाओ भ्यानको बिक्रीमा आक्रामक सुरुवात, आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ भ्यान डेलिभरी
    images
    images

    काठमाडौँ / नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आक्र्स ग्रुपले भ्यान बिक्रीमा आक्रामक सुरूवात गरेको छ । कम्पनीले भित्र्याएका १४ सिटे विद्युतीय भ्यानप्रति प्रारम्भिक दिनमै व्यवसायीको आकर्षण बढेको पाइएको छ । 

    नेपालको सडकको अवस्था तथा सेवाग्राहीको आवश्यकतालाई मनन गर्दै लामो समयको अध्ययन अनुसन्धानपछि जुबाओ विद्युतीय भ्यान भित्र्याएको आक्र्स ग्रुपले पहिलोपटक १८ वटा भ्यान एउटै कम्पनीलाई हस्तान्तरण गरेको छ । 

    आक्र्स ग्रुपले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी स्वयम्भू हारती टुर्स एण्ड ट्राभल्स प्रालिलाई १८ थान जुबाओ भ्यान हस्तान्तरण गरेको हो । स्वयम्भु हारतीले यी भ्यानहरू काठमाडौंबाट चितवन, हेटौंडा, वीरगन्ज लगायतका स्थानमा सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने जनाएको छ ।

    जुबाओ ईभी थ्यान चीनको Shandong Kama Automobile Manufacturing Co., Ltd. द्वारा उत्पादन गरिएको एक अत्याधुनिक इलेक्ट्रिक गाडी हो ।  

    जुबाओ विद्युतीय भ्यान विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त रहेको जनाइएको छ । नेपालमा पनि जुबाओ भ्यान विभिन्न शहरमा आफैं सञ्चालन गरेर यसको क्षमता हेरी किन्ने निष्कर्षमा पुगेको स्वयम्भू हारतीका सञ्चालकले बताएका छन् । 

    यो गाडीले वातावरणमैत्री र न्यून सञ्चालन खर्चका साथ यात्रामा आरामदायक सुविधा प्रदान गर्ने तथा यो भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको कम्पनीको दावी छ ।

    जुबाओ ईभी भ्यान नेपाली बजारमा आक्र्स ग्रुपको पूर्ण प्रतिवद्धतासाथ प्रस्तुत गरिएको र यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु-याउँछ र नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने जनाइएको छ ।

    आक्र्र्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले जुबाओ इभी भ्यान हाल ११ र १४ सिटमा उपलब्ध रहेको र नेपालको सडकको अवस्था, चार्जिङ स्टेशन तथा सेवाग्राहीको सुविधा लगायतका पक्षलाई अध्ययन गरी सुलभ मूल्यमा उपलब्ध गराइएको जानकारी दिए । 

    जुबाओ इभी भ्यान काठमाडौँ उपत्यकासँगै धनगढी, नेपालगन्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी र विर्तामोडमा पनि उपलब्ध हुने र यसको सर्भिस लगायत पार्टस् ति क्षेत्रमा पनि सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com