भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने

भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • images
    images
    भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने
    images
    images

    काठमाडौँ / भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मिरका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुवै देशले कश्मिर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन् ।

    भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गरिनेछ भने, पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पंजाबमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ ।

    भारतको कश्मिरको पहलगाममा गत महिना भएको आतङ्ककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो ।

    भारतले आक्रमण स्थानहरूलाई आतंकवादी पूर्वाधार भएको दाबी गरेको छ । उक्त आक्रमणबाट पाकिस्तानमा ९ जनाको मृत्यु र ३८ जना घाइते भएको समाचार आएको छ ।

    पाकिस्तानको प्रतिकार कारबाहीमा ३ जना भारतीयको मृत्यु भएको जनाइएको छ भने पाकिस्तानी अधिकारीहरूले प्रतिकार कारबाहीमा भारतका दुई लडाकु विमानहरू खसालेको दाबी गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com