पाकिस्तानमा भारतको हवाई आक्रमण,८ जनाको मृत्यु ३५ जना घाइते

पाकिस्तानमा भारतको हवाई आक्रमण,८ जनाको मृत्यु ३५ जना घाइते

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • images
    images
    पाकिस्तानमा भारतको हवाई आक्रमण,८ जनाको मृत्यु ३५ जना घाइते
    images
    images

    नयाँ दिल्ली / भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ काश्मिरका ९ स्थानमा हवाई आक्रमण गरेको छ । भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ ।

    भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो ।
    आक्रमणबाट आठजनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ ।

    पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । दुईजना हराइरहेको बताइएको छ ।

    पाकिस्तानी सेनाले दुई बालबालिकासहित आठजनाको मृत्यु भएको बताएको छ । प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन् ।

    आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ । अहिले धेरै भारतीय विमान सेवाहरूले भारत अधिनस्थ काश्मिरको उडान रद्द गरेका छन् । संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटोबाट अन्यत्र डाइभर्ट हुन थालेका छन् ।

    पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी समेत दिए ।पाकिस्तानले कम्तिमा दुई भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com