भारतद्वारा मध्यरातमा पाकिस्तानको ९ स्थान लक्षित हमला, पाकिस्तानले भन्यो – ‘कायरतापूर्ण आक्रमण’

भारतद्वारा मध्यरातमा पाकिस्तानको ९ स्थान लक्षित हमला, पाकिस्तानले भन्यो – ‘कायरतापूर्ण आक्रमण’

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • भारतद्वारा मध्यरातमा पाकिस्तानको ९ स्थान लक्षित हमला, पाकिस्तानले भन्यो – ‘कायरतापूर्ण आक्रमण’

    काठमाडौँ / पहलगाम हमलाको १५ दिनपछि भारतीय सेनाले बुधबार राति पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका ‘आतंकवादी’ शिविरहरूमा एयर स्ट्राइक गरेको छ। भारतीय सेनाको उक्त अपरेशन अन्तर्गत कुल ९ स्थानहरूलाई लक्षित गरिएको छ। 

    images
    images

    यी हमलाहरू बुधबार राति १ः३० बजे  ‘अप्रेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादमा गरिएका थिए। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनालाई उदृत गर्दै समाचारमा उल्लेख छ । 

    २२ अप्रिलमा कश्मीरको पहलगाममा हमला भएको थियो। यसमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो। आक्रमणकारीहरूले पर्यटकहरूलाई उनीहरूको धर्म सोधेपछि गोली हानेको बताइएको छ ।

    पाकिस्तानको स्थानीय रिपोर्टअनुसार, बहावलपुरमा एयर स्ट्राइकपछि ३० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआई अनुसार, लश्कर र जैशका मुख्यालयहरू ध्वस्त पारिएको छ ।

    पाकिस्तानका इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) का डाइरेक्टर लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बताएअनुसार, भारतले २४ मिसाइल प्रहार गरेको छ। एजेन्सी ANIले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ कि प्रधानमन्त्री मोदीले सम्पूर्ण रात अपरेशन सिन्दूरको निगरानी गरेका थिए।

    पहलगाम आक्रमणको घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए)ले हाल अनुसन्धान गरिरहेको छ। एनआईएले यस विषयमा अप्रिल २७ मा जम्मूमा मुद्दा दर्ता गरेको थियो। अप्रिल २३ मा भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी नागरिकहरूको १४ श्रेणीको भिसा रद्द गरिएको बताएका थिए। 

    सार्क भिसा धारकहरूलाई अप्रिल २६ सम्ममा भारत छोड्न भनिएको थियो भने मेडिकल भिसा धारकहरूलाई अप्रिल २९ सम्ममा भारत छोड्न आदेश दिइएको थियो। बाँकी १२ श्रेणीका भिसा धारकहरूलाई अप्रिल २७ सम्मको समय दिइएको थियो।

    यसैबीच पाकिस्तानी सञ्‍चार सेवाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा ‘कायरतापूर्ण आक्रमण’ गर्दै मध्यरातपछिको समयमा मिसाइल आक्रमण गरेको बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय