नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रूपान्तरण, पूँजी सय करोड पुर्याउने निर्णय

नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रूपान्तरण, पूँजी सय करोड पुर्याउने निर्णय

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • नेक्सजेन म्यानेजमेन्ट पब्लिक लिमिटेडमा रूपान्तरण, पूँजी सय करोड पुर्याउने निर्णय

    काठमाडौँ / नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारण सभा आज काठमाडौंको मैतिदेवीमा सम्पन्न भएको छ । 

    images
    images

    कम्पनीका कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा बसेको सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुर्याउने र पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको हो ।

    सभामा प्रवन्ध संचालक रमेश कुमार भट्टराईले बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा र गैर बैंकिङ्ग सम्पत्तिमा वृद्धि भैरहेको उल्लेख गर्दै यसको व्यवस्थापनको लागि सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता औंल्याएका थिए। यसैअनुसार नेक्सजेन म्यानेजमेन्टले पूँजी वृद्धि र संस्थागत रूपान्तरणको निर्णय गरेको जानकारी दिए ।

    सभाले तत्काल जारी पूँजी ५० करोड रुपैयाँ रहने, तथा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरी कम्पनीलाई पब्लिक लिमिटेड बनाउने निर्णय पारित गरेको हो ।

    नेक्सजेन म्यानेजमेन्टले पछिल्लो एक वर्षदेखि समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । निष्क्रिय कर्जा नियमित गर्न, पुनः सञ्चालन गर्न तथा बिक्री प्रक्रिया सहज बनाउन कम्पनीले भूमिका खेल्दै आएको छ ।

    पूर्व बैंकरहरूको लगानीमा स्थापित यस संस्थाले अब समावेशी ढंगमा बैंक, बीमा कम्पनी तथा अन्य संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने योजना बनाएको छ ।

    सभाको समापनमा अध्यक्ष मिश्रले नेपालमा पनि सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यक समय आइसकेको उल्लेख गर्दै नेक्सजेन म्यानेजमेन्टले यो क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय