आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • images
    images
    आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा
    images
    images

    जनकपुर / आज जानकी नवमी धुमधामका साथ मनाईदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने गरिन्छ । माता सीताको जन्मोत्सवको दिन आज खासगरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिदैछ ।

    जानकी नवमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक दुधमती नदीमा साधुसन्त तथा भक्तजनहरुले साही स्नान गरेका छन् । सीता माता धर्तीबाट निस्किए पछि उनलाई दुध खुवाउन दुधमती नदि प्रकट भएको जनविश्वास रहेको छ । रामायणकालिण समयमा यस नदिमा दुध बग्ने र सोही दुध सीता माताले पिउने गरेको बताईन्छ ।

    जानकी नवमीको अवसमा आज जानकी मन्दिरमा बधाइगान, प्राकट्य उत्सव,  जानकी डोला यात्रा, तिल्कोत्सव र दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए ।

    मधेश प्रदेश सरकारले जानकी नवमीको अवसरमा मंगलबार सार्वजनिक बिदा समेत दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com