क्रिप्टो–करोडपतिका अपहरित पिता फ्रान्सेली प्रहरीको पहलमा मुक्त

क्रिप्टो–करोडपतिका अपहरित पिता फ्रान्सेली प्रहरीको पहलमा मुक्त

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • images
    images
    क्रिप्टो–करोडपतिका अपहरित पिता फ्रान्सेली प्रहरीको पहलमा मुक्त
    images
    images

    तेल अभिभ / फ्रान्सको राजधानी पेरिसमा क्रिप्टो करोडपति छोराबाट फिरौती असुल पार्न अपहरण गरिएका एक व्यक्तिलाई छुटाउन फ्रान्सेली प्रहरी सफल भएको छ ।

    गत हप्ता अपहरणमा परेका ती व्यक्तिलाई खोज्न प्रहरीले सप्ताहन्तमा छापा मारेको अभियोजनकर्ताले बताएका छन् ।

    अभियोजनकर्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ती व्यक्तिको पहिचान नखुलाइएको तर पेरिसको उपनगर एसोनबाट शनिबार राति प्रहरीले छापा मारी उहाँलाई अपहरणमुक्त गरेको हो ।”

    उनलाई बिहीबार मध्यरातमा पेरिसको दक्षिणी १४ औं इलाकाबाट अपहरण गरिएको थियो ।

    नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक प्रहरी अधिकारीले स्की मास्क लगाएका चार जनाले उनलाई डेलिभरी भ्यान हाली अपहरण गरेको बताएका छन् ।

    अभियोजनकर्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पीडित व्यक्ति क्रिप्टोकरेन्सीमा पैसा कमाउने व्यक्तिका पिता भएको प्रारम्भिक अनुमान गरिएको छ।”

    अपहरणकारीले ५० लाखदेखि ७० लाख युरो (५७ लाख देखि ७९ लाख अमेरिकी डलर) फिरौती माग गरेको ‘ले पेरिसियन’ पत्रिकामा समाचार छापिएको थियो ।

    अनुसन्धानमा संलग्न एक स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार अपहरित व्यक्तिको एउटा औँला काटिएको अवस्थामा भेटिएको छ । स्रोतले भन्यो, “प्रहरीले छापा नमारेको भए उहाँको अन्य अङ्भङ्ग हुने डर थियो ।”

    ‘अपराधीहरूले प्रयोग गरेको हुन सक्ने’ गाडी चलाइरहेका संदिग्धलाई हिरासतमा लिएपछि अभियोजकहरूले पक्राउ पर्नेको सङ्ख्या चारबाट पाँच पुगेको बताएका छन् र उनीहरू सबै २० वर्षभन्दा माथिका रहेका बताइएको छ ।

    फ्रान्सका आन्तरिक मामिला मन्त्री ब्रुनो रिटेललेउले एक्समा एक सन्देश जारी गर्दै ती व्यक्तिलाई मुक्त गर्न प्रहरीले चलाएको ‘निर्णायक’ अभियानको प्रशंसा गरेका छन् । 

    माल्टाको एक क्रिप्टो मार्केटिङ फर्मका मालिक उनका पति र धनाढ्य छोरालाई विगतमा धम्कीको निशाना बनाइएको पीडितकी श्रीमतीले अनुसन्धानकर्तासँग बताएका छन् । 

    जनवरी २१ मा एक फ्रान्सेली क्रिप्टो मालिक र उनको साथीको अपहरणपछि भएको यो पछिल्लो अपहरणको घटना हो । पीडित डेभिड बाल्यान्डले क्रिप्टो फर्म लेजरको सह–स्थापना गरेका थिए भने यसको मूल्य एक अर्ब डलरभन्दा बढी थियो ।

    अपहरणकारीहरूले बाल्यान्डको औँला काटिदिएका र मोटो फिरौतीको माग गरेका बुझिएको छ । 

    अपहरित व्यक्ति बाल्यान्डकी  प्रेमिका पेरिसको एसोनको उपनगरमा कारको सामान राख्ने ठाउँमा बाँधिएको अवस्थामा फेला परेका थिए । 

    उक्त घटनामा नौ जना शङ्कास्पद व्यक्तिहरू आपराधिक अनुसन्धानको दायरामा छन्, जसमा यसअघि पनि प्रहरीकोमा अपहरणको मुद्दा परेका २६ वर्षीय कुख्यात संदिग्ध पनि समावेश छन् ।

    यसअघि जनवरीमा पनि ५६ वर्षीय एक व्यक्ति म्यान्स शहर नजिकै कारको बुट (सामान राख्ने ठाउँ)मा भेटिएका थिए । 

    उनी दुबईबाट सञ्चालित एक क्रिप्टो–इन्फ्लुएन्सरका पिता हुनुहुन्थ्यो जसले आफ्नो मुनाफाबारे अनलाइनमा घमण्ड गरेपछि अपहरण गरिएको र पछि फिरौतीको पनि माग गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com