गर्मीमा अण्डा उत्पादन किन घट्छ ? बजारमा माग घट्दा मूल्य बढ्यो, कति ?

गर्मीमा अण्डा उत्पादन किन घट्छ ? बजारमा माग घट्दा मूल्य बढ्यो, कति ?

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • images
    images
    गर्मीमा अण्डा उत्पादन किन घट्छ ? बजारमा माग घट्दा मूल्य बढ्यो, कति ?
    images
    images

    चितवन / गर्मीसँगै अण्डाको उत्पादन घटेपछि बजारमा माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ ।
     
    कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा। अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ । मुख्य रोगहरू पनि यही मौसममा देखा पर्ने गर्दछन् । 

    पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उनी बताउँछन् । अण्डाको उत्पादन अझै घट्दै जाने छ । उनका अनुसार गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने छ ।
     
    नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए । 

    चार महिनाअघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उनी बताउँछन् । 
     
    उनको भनाइमा गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो । 

    विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उनी बताउँछन् ।  माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ ।
     
    पोखरेलका अनुसार आइतबारबाट लागू हुने गरी नयाँ समर्थन मूल्य तोकिएको छ ।

    जसअनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटा)को  ४६०, ठूलोको ४३५ र मिडियमको तीन सय ८५ कायम गरिएको छ । 

    बजारमा मागअनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो ।
     
    गत वर्ष प्रतिक्रेट (३० गोटा)को पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । 

    मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै किसानले अण्डा दिँदै गरेका कुखुरासमेत बिक्री गर्न बाध्य भएका थिए ।

    नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ पर्न जान्छ । 
     
    सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ। अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com