आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : डा. बाबुराम भट्टराई

आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : डा. बाबुराम भट्टराई

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • images
    images
    आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : डा. बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ / पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनताको जीवनमा प्रभाव पार्ने खालको नभएको बताएका छन् । 

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो नीति सामान्य रूपमा पास भएको प्रथम श्रेणीमा नपरेको बताएका हुन् । 

    उनले भने, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरूलाई बलियो बनाउछौँ र सुधार गर्छौँ भन्न सक्नुपथ्र्यो त्यो नभन्दा त्यसलाई निरन्तरता जस्तो भयो । यो सामान्यरूपमा पास त भयो तर फस्ट डिभिजनमा आएन । जनताको जीवनमा प्रभाव पार्ने, जो मान्छेले अपेक्षा गरेको छ त्यो चै आएन । त्यो हुनुमा उहाँहरूको दृष्टिकोणमा समस्या पर्यो ।’

    उनले नेपाल कृषि प्रधान देश भएकाले १० वटा कुरा गर्नुको साटो वैज्ञानिक भूमि सुधार गर्नेछौँ भन्नुपर्ने बताए ।  

    ‘नेपाल अहिले पनि कृषि प्रधान देश हो । वैज्ञानिक भूमि सुधार भनेर हाम्रो संविधानमा उल्लेख छ, त्यसलाई १० वटा कुरा गर्नु साटो वैज्ञानिक भूमि सुधार गर्नेछौँ भने हुन्छ यसले आशा पनि जगाउँछ,’ उनले भने । 

    उनले देशको आर्थिक विकास क्रमिक भईरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताए । उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com