सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • images
    images
    सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे
    images
    images

    किमाथाङ्का (सङ्खुवासभा) / सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । 

    वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । 

    चट्याङ लागेर मकालु–३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका गरी १७ वटा भैँसी मरेको प्रहरी निरीक्षक लामिछानेले बताए ।  

    चट्याङ लागेर भैँसी मर्दा १० लाख रुपैयाँ बढीको क्षति भएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नागढीको टोली आज घटनास्थलतर्फ लागेको छ ।

    टनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नागढीबाट ३५ किलोमिटर पदैल दूरीमा पर्दछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com