इनड्राइभको ‘द बेटर ड्राइभः इनिसिएटिभ-मनी, माइन्ड, म्यानर’ सम्पन्न

इनड्राइभको ‘द बेटर ड्राइभः इनिसिएटिभ-मनी, माइन्ड, म्यानर’ सम्पन्न

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • images
    images
    इनड्राइभको ‘द बेटर ड्राइभः इनिसिएटिभ-मनी, माइन्ड, म्यानर’ सम्पन्न
    images
    images

    काठमाडौँ / नेपाल, २०८२ बैशाख १२ गतेः विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर’ शीर्षकमा सत्र आयोजना गरेको छ ।

    यो कार्यक्रमा आर्थिक साक्षरता (मनी), मानसिक स्वास्थ्य र कल्याण (माइन्ड), साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व (म्यानर)जस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए । सत्रको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु रहेको कम्पनीको भनाई छ । 

    कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेसन दिइयो ।

    इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तिकरण, र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ ।

    ‘द बेटर ड्राइभः इनिसिएटिभ’ यही प्रतिबद्धताको अभिव्यक्ति हो – जसले चालकहरूलाई आत्मविश्वासी, सचेत र सेवामुखी बनाउने दिशामा महत्वपूर्ण कदम चाल्दैछ ।

    सेसनले विविध विषयमा गहन जानकारी प्रदान ग‍र्याे, जहाँ प्रत्येक सेसन प्रतिष्ठित विज्ञ तथा क्षेत्रका विशेषज्ञहरूद्वारा सहजीकरण गरिएको थियो । सहभागी चालक साझेदारहरूको व्यावसायिक, आर्थिक र मानसिक सशक्तीकरणमा योगदान पु‍र्याउने उद्देश्यले निम्न विषयवस्तुहरू समेटिएका थिए । 

    ● सडक सुरक्षा र ट्राफिक नियमहरू — ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्त रूपमा प्रस्तुत ग‍र्यो ।

    ● वित्तीय साक्षरता —आइपेका चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा संचालन गरिएको यस सेसनमा चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरियो ।

    ● मानसिक स्वास्थ्य जागरूकता — ह्याप्पी माइन्ड्स्की संस्थापक श्रेया गिरीद्वारा सञ्चालित सेसनमा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे गहन छलफल गरियो ।

    ● ग्राहक अनुभव वृद्धिका लागि आतिथ्यता सेवा — मोटिभेसनल स्पीकर रञ्जित आचार्यले सहजीकरण गरेको यस सत्रमा, ग्राहकहरूप्रति सम्मान, आत्मीयता र सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्नेबारे प्रेरणादायी उदाहरणसहित प्रशिक्षण दिइयो ।

    ● उचित मूल्य निर्धारण र सामुदायिक प्रतिबद्धता —इनड्राइभले आगामी दिनमा लागू गर्न लागेको समुदाय –केन्द्रित पहलहरू, चालकहितमैत्री मूल्य निर्धारण प्रणाली तथा सेवा सुधार योजनाको बारेमा विस्तृत जानकारी प्रदान गरियो ।

    समग्रमा, कार्यक्रममा समावेश विषयवस्तुले चालक साझेदारहरूको बहुआयामिक विकासमा टेवा पु‍र्याउने गरी ज्ञान, सीप र मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

    इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘इनड्राइभमा हामी यो दृढ विश्वास गर्छौ कि हाम्रो चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिको माध्यममा सीमित छैन — यो मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण, र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ । ‘द बेटर ड्राइभः इनिसिएटिभ — मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत हामी एकजुट, सुरक्षित, र समर्पित राइड–हेलिङ्ग समुदायको निर्माणमा योगदान पु‍र्याउन चाहन्छौं । यस्ता पहलहरूले हामीलाई नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।’

    इनड्राइभले आफ्ना चालक साझेदारहरूको अविश्वसनीय समर्पण, कठिन परिश्रम र उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्छ र गहिरो सम्मान व्यक्त गर्छ ।

    यस किसिमका गतिविधिहरू केवल सम्मानको अभिव्यक्ति मात्र होइनन्, यी कार्यक्रमहरू इनड्राइभको व्यापक दृष्टिकोणको प्रतिबिम्ब पनि हुन — जहाँ प्रत्येक चालकलाई सशक्त पार्ने, प्रशिक्षण प्रदान गर्ने, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने र उनीहरूलाई सुरक्षित भविष्यतर्फ डोर्याउने रणनीतिक दृष्टिकोणमा आधारित छन् ।

    नेपालमा आयोजित यस अभियानमार्फत, इनड्राइभले चालक संलग्नताको नयाँ मापदण्ड तय गर्दैछ — जहाँ समावेशिता, सहयोग, र साझा प्रगति मूल आधार हुन् ।

    ‘द बेटर ड्राइभः इनिसिएटिभ — मनि, माइण्ड, म्यानर‘ न केवल शहरी यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने दिशामा एक कदम हो, यो इनड्राइभको स्थायी परिवर्तन र सामाजिक उत्थानप्रति गरिएको निरन्तर प्रयासको स्पष्ट प्रमाण हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com