सूर्यज्योतिको १७ औँ वार्षिकोत्सव सम्पन्न, १५ बर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरू सम्मानित

सूर्यज्योतिको १७ औँ वार्षिकोत्सव सम्पन्न, १५ बर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरू सम्मानित

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • सूर्यज्योतिको १७ औँ वार्षिकोत्सव सम्पन्न, १५ बर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरू सम्मानित

    काठमाडौँ / जीवन बिमा कम्पनीहरूबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले १६ वर्षको गरिमामय यात्रा पूरा गरी १७ औँ वार्षिकोत्सव मनाएको हो। 

    images
    images

    उक्त अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरू र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र  हासिल गरेका सूचाङ्कहरूको उन्नति र उत्कृष्टताको लागि आभार प्रकट गरे । 

    साथै, उनले सदैव कम्पनीले अवलम्वन गरेका नविनतम प्रविधि, समय सापेक्ष ग्राहकमैत्री सेवाहरूप्रति प्रतिबद्ध रहि आगामी दिनहरूमा पनि कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझ बृहत र अझ विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालाहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे। 

    प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्मचारीहरूको हकहित, सिप तथा व्यक्तित्व विकास नै कम्पनीको प्रमुख प्राथमिकतामा रहेको र सूर्यज्योतिमा कर्मचारीहरूले एउटा पारिवारिक वातावरणको अनुभव गर्न पाउने बताए। 

    साथै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, नवीनतम सेवामा विस्तार गर्ने, कम्पनीको  सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। 

    news1.JPG

    कम्पनीले यो आर्थिक वर्ष २०८१/८२ अन्त्य सम्ममा हाल सम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको खत्रीले प्रष्ट पारे। 

    साथै, उक्त अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले उपलब्धिमूलक यात्रामा विश्वास गर्ने ग्राहकहरू, अभिकर्ताह, कर्मचारीहरू, सेयरधनीहरू, नियमनकारी निकायहरू, व्यवसायिक साझेदारहरूलगायत सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे। 

    त्यस्तै, सञ्चालक समिति सदैव संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन कार्यशैली र नीतिनियमको परिधि भित्र रही अघि बढेकोमा आगामी दिनहरूमा झन् बलियो रूपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको सञ्चालक समिति सदैव संस्थागत सुशासन,स्वच्छ व्यवस्थापन कार्यशैली र नीति नियमको परिधिभित्र रही अघि बढेकोमा आगामी दिनहरुमा झन् बलियो रूपमा यसको अवलम्बन गर्नेमा ढुक्क रहेको साथै कर्मचारीहरूको वृत्ति विकासको लागि प्रतिबद्ध रहेको अध्यक्ष भट्टराईले बताए ।

    कम्पनीले नविनतम प्रविधिमा जोड दिँदै तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै भर्खरै जीवन बिमा क्षेत्रमा नेपालकै पहिलो अनलाइनमार्फत सजिलै लोन लिन सकिने सूर्यज्योति e-karja र आफ्ना बिमित तथा अभिकर्ताहरूको हितलाई मध्यनजर गर्दै सूर्यज्योति केयर्स डिजिटल कार्डको सेवा शुभारम्भ गरिसकेको छ।

    news2.JPG

    बिमा क्षेत्रमा नेपालकै  पहिलो ISO 9001-2015 प्राप्त गर्ने एक मात्र जीवन बिमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी ५ अर्ब १ करोड रहेको छ । 

    त्यस्तै, कुल लगानी ४४ अर्ब रुपैयाँ, जीवन बिमा कोष  ३९ अर्ब ४० करोड रुपैयाँ,  नेटवर्थ ६ अर्ब ३० करोड, जारी बिमालेख सङ्ख्या ३२ लाख ७५ हजार ४७९ रहेको छ । यसैगरी, प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार २४० र देशभर रहेका १७४ शाखा सञ्जालद्वारा सेवा प्रदान गरी रहेको छ। 

    बिमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध रु ५० लाखसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एक मात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्न सफल भएको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय