आज विक्रम संवत २०८२ साल बैशाख, १२ गते, शुक्रबार, ईश्वी सन् २०२५ अप्रिल २५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, बैशाख कृष्णपक्ष, द्वादशी तिथी, बिहान ८ बजेर २६ मिनेट उप्रान्त त्रयोदशी, पूर्वाभाद्रपदा नक्षत्र, आनन्दादिमा-ध्वांक्ष योग, चन्द्रराशि-मीन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक दृष्टिकोणले यो समय चुनौतीपूर्ण देखिन्छ। आकस्मिक खर्चले बजेट प्रभावित बनाउनेछ, विशेषतः स्वास्थ्य र उपचारमा खर्च बढ्न सक्छ। व्यापार वा व्यवसायमा लगानी गरे पनि अपेक्षित लाभ कम हुनेछ। फाइदा न्यून भए पनि लगानीको आवश्यकता बढ्न सक्छ। सहयोगीहरूको संख्या कम हुँदै जान सक्छ, र खर्च नियन्त्रण गर्न नसक्दा आर्थिक अभाव देखिन सक्छ। फजुल खर्चबाट जोगिनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक क्षेत्रमा प्रगति र स्थायित्वको संकेत गर्दछ। व्यापार, कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ। नयाँ काम र रोजगारीका अवसरले आर्थिक अवस्था मजबुत बनाउनेछन्। पैत्रिक वा सरकारी सम्पत्तिको सदुपयोग गरी लाभ लिन सकिनेछ। सेवामूलक क्षेत्रमा प्रगति हुनेछ। शुभचिन्तकको साथले आत्मबल बढ्नेछ। महत्वाकांक्षी योजना सफल बन्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। नयाँ रोजगारी र लगानीका अवसर मिल्नेछन्। योजनाबद्ध तरिकाले काम गर्दा प्रतिष्ठा र आम्दानी बढ्नेछ। पिताको सल्लाह लाभदायी हुनेछ। अप्रत्याशित अवसर मिल्नेछ। शुभचिन्तकको साथले उत्साह बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक दृष्टिले समय मिश्रित रहनेछ। चिताएको लाभ पाउन ढिलाइ हुन सक्छ, तर मौसमी सामानको व्यापारमा राम्रो वृद्धि सम्भव छ। नयाँ काम वा सुगम स्थानमा स्थानान्तरणले आम्दानीमा सुधार ल्याउनेछ। अरुका लागि खर्च गर्नुपर्ने भए पनि दीर्घकालीन सम्भावनाहरू खोज्न सकिनेछ। पारिवारिक र सामाजिक उत्तरदायित्वले आर्थिक निर्णयमा प्रभाव पार्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो समय आर्थिक रूपमा सावधानी अपनाउनुपर्नेछ। व्यापार व्यवसायमा समय नदिँदा घाटा सम्भव छ र आर्थिक कारोबारमा गडबडी हुन सक्छ। यद्यपि, व्यापारसँग सम्बन्धित यात्राबाट लाभ मिल्नेछ। खर्च र दौडधुप बढ्न सक्छ, जसले थकान र कमजोरी ल्याउन सक्छ। धार्मिक तथा सांस्कृतिक गतिविधिले मनोबल बलियो बनाउनेछ। सन्तुलित खर्च र योजनाबद्ध कार्यले राहत मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक दृष्टिले तपाईको समय उत्साहवर्धक रहनेछ। बौद्धिकता र विवेक प्रयोग गरी आम्दानी बढाउन सकिनेछ। साझेदारी व्यवसायबाट मनग्गे लाभ मिल्नेछ । सञ्चित धनको उपयोगले अझ फाइदा दिनेछ। व्यापारमा राम्रो फड्को मार्न सकिनेछ । मेहनतको उचित मूल्य प्राप्त हुनेछ। विलासी वस्तुको प्रयोग र सामाजिक आकर्षणले नयाँ अवसरको ढोका खोल्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक क्षेत्र मिश्रित उतारचढावयुक्त रहनेछ। खाद्यान्न र गरगहना व्यापारमा उल्लेख्य वृद्धि सम्भव छ, तर अतिरिक्त जिम्मेवारी र अरूका लागि खर्च बढ्न सक्छ। स्रोत जुटाउन प्रयास गर्नुपर्ला, र विलासी सामानले खर्चमा दबाव आउन सक्छ। वैदेशिक यात्रा आम्दानीको अवसर ल्याउन सक्छ। धैर्य र लगनले मात्र स्थायित्व पाउने सम्भावना छ, तर बेसमयको निर्णयले हानि पुर्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि परिस्थिति अनुकूल नहुँदा न्यून प्रतिफल मिल्नेछ। यद्यपि, धैर्य र लगनशील भएमा सफलता मिल्नेछ । कामको तालमेल नमिल्दा पछि परिने सम्भावना छ। अरुले तपाईँको मेहनतको फाइदा उठाउन सक्छन् । प्रेस तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिले भने सफलता पाउन सक्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक दृष्टिले सतर्कता अपनाउनुपर्ने समय देखिन्छ। आम्दानीका केही स्रोत सक्रिय भए पनि खर्च र विवादले सन्तुलन बिग्रन सक्छ। विशेषतः औषधि उपचार र पारिवारिक विवादमा खर्च बढ्नेछ। सरकारी वा राजकीय क्षेत्रमा लाभ मिल्न सक्छ, तर जग्गा तथा आन्तरिक सम्पत्तिसम्बन्धी विवादले असर पुर्याउन सक्छ। कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोषजनक आम्दानी सम्भव छ। हतारको निर्णयबाट बच्नुपर्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक दृष्टिले उत्साहजनक हुनेछ। विभिन्न स्रोतबाट आम्दानी बढाउने अवसर मिल्नेछ । व्यापारमा लगानी बढाउन सकिनेछ। मिहिनेत र पराक्रमले नयाँ काम प्रारम्भ गर्न र प्रतिस्पर्धामा सफलता मिल्नेछ । प्रिय व्यक्तिको साथ समय बिताउने अवसरले मानसिक शान्ति दिनेछ। पारिवारिक सम्बन्धमा केही मनमुटाव आउने सम्भावना भए पनि अन्य पक्षमा सकारात्मक प्रगति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यो समयमा बोलिको प्रभावले कार्यहरू अघि बढ्नेछन् र सफलता मिल्नेछ। धार्मिक र सामाजिक कार्यहरूले मानसिक शान्ति र खुशी दिनेछन्। व्यापार व्यवसायले आर्थिक संकटबाट मुक्त गर्नेछ । कर्जा र उधारोमा सावधानी अपनाउनुपर्नेछ। इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ। यद्यपि, प्राथमिकतामा ध्यान नदिँदा पछि परिनेछ र विवादास्पद जिम्मेवारीहरूको सामना गर्नुपर्ने सक्छ। बोली र व्यवहारमा सजग रहनुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक र सामाजिक दृष्टिले फलदायी समय रहनेछ। व्यापार व्यवसायबाट राम्रो लाभ प्राप्त हुनेछ, र उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क विस्तार हुनेछ। माया प्रेममा नजिक आउने अवसर मिल्नेछ, र पढाइमा सफलता प्राप्त हुनेछ। नयाँ काम र जिम्मेवारीहरू प्रारम्भ हुनेछ, जसले भविष्यका अवसरहरू खोल्नेछन्। रचनात्मक काममा प्रगति हुनेछ । मिहिनेतले नाम र दाम दिलाउने सम्भावना छ।