घरजग्गा व्यवसायप्रति नकारात्मक बुझाइ छ, यसलाई चिरौँ : मन्त्री अधिकारी

घरजग्गा व्यवसायप्रति नकारात्मक बुझाइ छ, यसलाई चिरौँ : मन्त्री अधिकारी

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    घरजग्गा व्यवसायप्रति नकारात्मक बुझाइ छ, यसलाई चिरौँ : मन्त्री अधिकारी
    images
    images

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा व्यवसायप्रति आम जनताको नकरात्मक बुझाई रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेका बताएका छन् । 

    मंगलबार काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले घरजग्गा व्यवसाय गर्नेहरुले जनताको लागि नभएर आफ्नो फाइदाको लागि मात्र गरेको हुन् भन्ने धारणा रहेको बताउँदै यसलाई चिर्न जरुरी रहेको बताएका हुन् । 

    उनले भने, “अहिले साच्चै घरजग्गा व्यवसाय गर्ने तथा घरजग्गा आवास व्यवसाय गर्ने  निकायहरुले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश अझै छर्न सकिएको छैन् । बुझाई के छ भने घरजग्गा व्यवसाय गर्नेहरुले आफ्नो फाइदाको लागि मात्र गरेको हुन् हाम्रो निम्ति गरेको होइनन् भन्ने धारणा छ । यसलाई चिर्न जरुरी छ ।” 

    त्यस्तै उनले महासंघले आफ्नो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुन अनुसार अगाडि बढेर गर्ने कार्यहरुमा भएका भ्रमलाई चिर्ने कुरामा पहिलो प्राथमिकता दिएर लाग्नुपर्ने बताए । जबसम्म भ्रमलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि नसक्ने उनको भनाइ छ । 
    उनले भने, “महासंघले हाम्रो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुनअनुसार अगाडि बढेर गर्ने कार्यहरुमा कहिँकतै भ्रम छ भने त्यसलाई चिर्ने कुरामा तपाईहामी पहिलो प्राथमिकता दिएर लाग्नुपर्छ । किनकी जबसम्म यसलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि सक्दैन् ,सहज किसिमले लैजान पनि सक्दैनौं ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com