सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध, भुक्तानी सम्बन्धी कारोबारहरू सहज

सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध, भुक्तानी सम्बन्धी कारोबारहरू सहज

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • images
    images
    सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध, भुक्तानी सम्बन्धी कारोबारहरू सहज
    images
    images

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरूबीच सम्झौता भएको छ ।

    सम्झौता पत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।    

    उक्त सम्झौता पश्चात सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआइ) सँग जोडिएर विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सक्नेछन् ।

    यस अन्तर्गत सूर्यज्योति लाइफ इन्स्योरेन्सले एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीहरूमार्फत आफ्ना प्रिमियम भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरू तथा एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन् । साथै भविष्यमा अन्य भुक्तानीहरू पनि क्रमिक रूपमा लागू हुने योजना रहेको छ ।

    एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपिआइ मा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरू, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरू लगायतका ११० भन्दा बढि गैर-बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यस मार्फत सदस्यहरूले संस्थाहरूको एनसिएचएल–आइपिएस र आरपिएस प्रणालीहरूको प्रयोग गर्न सक्नेछन् ।     

    सूर्यज्योति लाइफ इन्स्योरेन्स आफ्नो देशभर रहेका २०० भन्दा बढि शाखाहरू मार्फत ग्राहकहरूलाई बिमा सेवाहरू प्रदान गर्दै आइरहेको छ । १५ बर्षको सेवा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपालको उत्कृष्ट लाईफ इन्स्योरेन्स कम्पनी मध्यको एक बन्न सफल भइसकेको छ । नेपाल क्लियरिङ्ग हाउससँगको यस सहकार्यले इन्स्योरेन्सको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com