सिटिजन्स बैंकले नेपालमै पहिलो पटक ल्याएको क्रस बैंक टेलर क्यू.आर  भुक्तानी सेवा कस्तो हो ?

सिटिजन्स बैंकले नेपालमै पहिलो पटक ल्याएको क्रस बैंक टेलर क्यू.आर  भुक्तानी सेवा कस्तो हो ?

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • images
    images
    सिटिजन्स बैंकले नेपालमै पहिलो पटक ल्याएको क्रस बैंक टेलर क्यू.आर  भुक्तानी सेवा कस्तो हो ?
    images
    images

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई  ग्राहकहरुलाई उत्कृष्ट सेवा पुर्याँउदै आएको बैंक हो । 

    बैशाख ७ गते १८ वर्ष पूरा गरि १९ बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ ।

    १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार गा्रहकहरुलाई वित्तीय सेवा प्रदान गरिसकेको छ । 

    सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु २ खर्व ०२ अर्व रहेको छ । 

    यस्तैगरी कर्जा रु १ खर्व ७३ अर्व परिचालन गरेको छ ।

    बैंकले १८औं बार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९ सय २१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । 

    वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकल रक्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रक्तदान कार्यक्रम पनि राखेको छ । नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल सँगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
     
    डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राखि Brick Banking to Click Banking” भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बैंकिङ  APP मार्फत ट्याप एन्ड सेवा तथा नेपालमै पहिलो पटक Cross Bank Teller QR सेवा संचालनमा ल्याइएको छ ।

    सिटिजन्स बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ सेवा मार्फत Offline माध्यमबाट नै रु.पाँच हजार सम्मको भुक्तानी Tap & Pay  मार्फत सहज रूपमा गर्न सक्नेछन् । 

    बैंकले नेपालमै पहिलो पटक Cross Bank Teller QR त्तच् प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बैंकिङ  मार्फत Cross Bank Teller QR लाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

    यस्तो प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । यहि अवसरमा बैंकले नयाँ बचत खाता (Citizens Freelancer Saving Account), “Save Local, Earn Global – Citizens Freelancer Saving Account " भन्ने नाराका साथ संचालनमा ल्याएको छ । 

    यो खाता विशेष गरी फ्रील्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । 

    यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर, बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ । 

    दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ । यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा रू २५,००० सम्म (OPD सेवा ५००० सम्म), दुर्घटना मृत्यु बीमा रू ३००,००० सम्म लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरु समावेश गरिएको छ । 
                                                                               

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com