कामना सेवा विकास बैंकः व्यवसाय विस्तारमा सुधार, तर, ४.२७  प्रतिशत खराब कर्जा

कामना सेवा विकास बैंकः व्यवसाय विस्तारमा सुधार, तर, ४.२७  प्रतिशत खराब कर्जा

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • images
    images
    कामना सेवा विकास बैंकः व्यवसाय विस्तारमा सुधार, तर, ४.२७  प्रतिशत खराब कर्जा
    images
    images

    काठमाडौं/  कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

    प्रकाशित वित्तीय विवरण अनुसार कर्जा प्रवाह तथा निक्षेप संकलनमा वृद्धि देखिएको छ ।

    गत आ.व.को तेश्रो त्रयमासमा ५९.०६ अर्ब रहेको निक्षेप वृद्धि भई यस आ.व.को तश्रो त्रयमास सम्ममा ६१.८९ अर्ब पुगेको छ ।

    निक्षेपसँगै बैंकको कर्जा कारोबारमा पनि वृद्धी भएको छ । ग्राहकलाई प्रवाह गरेको कर्जा ४५.९८ अर्बबाट वृद्धि भई ४९.४७ अर्ब पुगेको छ । 


    समिक्षा अवधिमा बैंकले ४९ करोड ३१ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । 

    सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७०.२७ अर्ब पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७.१९ अर्ब रहेको थियो । गत वर्ष ३.५५ प्रतिशत रहेको खराब कर्जामा बृद्धि भई ४.२७  प्रतिशत पुगेको छ ।

     यद्यपी बैंकको निष्कृय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४ प्रतिशत रहेको छ । 


    बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीहरूको बीचमा हासिल गरेको हो । 

    ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयहरूका बाबजुद, कामना सेवा विकास बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो ।


    बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृती लिई नेपाल धितोपत्र वोर्ड समक्ष स्वीकृतीको लागि पेश गरिसकेको छ ।

    देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com