आज विक्रम संवत २०८२ साल बैशाख ५ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ अप्रिल १८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख कृष्णपक्ष, पञ्चमी तिथी, आनन्दादिमा-स्थिर योग । चन्द्रराशि-धनु ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पहिलेका कमजोरी सुधार्ने समय छ । समय अनकूल रहेकोले सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । आजको मेहनतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । तोरिफयोग्य काम सम्पादन गर्न सकिनेछ । साना प्रयत्नले अरुलाई फाइदा हुने काम गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नोकरी र पेसामा विशिष्ट व्यक्तिको साथ मिल्नेछ । सन्ततिका लागि खर्च बढ्नेछ । आँटेका कामहरू समयमा सम्पादन गर्न कठिन हुनेछ । मनोबल कमजोर हुने हुँदा काममा जोश जाँगर हराउनेछ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्दा सफल भइनेछ । गोपनीयता बाहिरिन सक्छ, सचेत हुनुहोला । उपलब्धिका लागि केही समय पर्खनुहोस् । प्रयत्न गर्दा गुमेको रकम हात पार्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानोतिनो कामलाई वेवास्ता गर्नुहोस् । व्यापार व्यवसाय फस्टाउने समय छ । नयाँ अवसर प्राप्त हुने समय छ । नयाँ नियुक्ति र गरिरहेको नोकरीमा बढुवा हुने समय छ । व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ भने व्यवसायको लागि यात्रा हुनसक्छ । आयआर्जनको काम सुरु गर्न सकिनेछ । परिस्थिति अनूकल भए पनि सौखले खर्च बढाउनेछ भने चुनौतिको सामना गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहयोगीहरूको साथ मिल्नेछ । व्यापार व्यवसाय फस्टाउने भएकोले आर्थिक पक्ष सबल रहेको छ । प्रतिस्पर्धामा विजयी भइनेछ । पुराना समस्या समाधान हुनेछन् । पराक्रमले समाजमा स्थापित हुन सकिनेछ । ईष्र्या गर्नेहरू हार खनेछन् । व्यापार व्यवसाय तथा दिगो फाइदा हुने काम सुरु गर्ने समय छ । मेहनतले प्रशस्त फाइदा दिलाउनेछ । चुनौति पन्छाएर काम बनाउन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा नयाँ अवसरका प्राप्तिका योग छन्। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्न पाइनेछ । लामो समयदेखि रोकिएको काम बन्नेछ । मनग्य धन सङ्ग्रह गर्ने समय छ । आर्थिक समस्या हल हुनेछन् । नयाँ अवसर प्राप्त हुने भएकोले उत्साह बढ्नेछ । छोटो समयमा उपलब्धिमूलक काम बन्नेछ । व्यापार व्यवासयमा फाइदा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा बौद्धिकताको प्रयोग गरेर फाइदा लिन सकिनेछ । आफन्तहरूले सोचेजस्तो सहयोग नगर्न सक्छ । कृषि तथा सहकारीसम्बन्धी व्यवसायमा संलग्नहरूले मनग्य आम्दानी गर्न सकिनेछ । आकस्मिक समस्या बढ्दा आर्थिक सङ्कट झेल्नुपर्ला । कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ । सानातिना काममा महत्त्वपूर्ण समय बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग सम्पर्क बढ्नेछ । अवसरवादीहरू तपाईँको कमजोरीको फाइदा उठाउन सक्रिय हुनेछन्, सचेत हुनुहोला । आयआर्जनको स्रोत बढ्ने भएकोले आर्थिक पक्ष सबल हुनेछ । उपलब्धिमूलक काम सम्पन्न हुने समय छ । व्यापार व्यवसायमा लगानी गरी मनग्य धनलाभ गर्न सकिनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसाय फस्टाउनेछ भने होटल, रेष्टुरेन्ट, सूचना प्रविधि तथा गरगहनामा लगानी गर्नेहरूले फाइदा लिन सक्नेछन् । बोलीको प्रभावले महत्त्वपूर्ण काम सम्पादन हुनेछ । भावनामा आएर गरिएको निर्णयले नोक्सानी हुनसक्छ, त्यसैले निर्णय गर्नुअघि सोचविचार गर्नुहोला । आम्दानीको स्रोत बढ्नेछ भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मेहनतले प्रतिष्ठा बृद्धि हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धामा विजयी भइनेछ । विभिन्न अवसरले पछ्याउने समय छ । आँटेको काम समयमा सम्पादन हुने हुँदा आर्थिक पक्ष सबल हुनेछ । मनपर्ने उपहार तथा वस्त्र प्राप्त हुने समय छ । यात्राको सम्भावना छ तर आफ्नो मालसामान सुरक्षित राख्नुहोस् । विशेष अवसर प्राप्त हुनेछ भने आँटेको काम समयमा सम्पादन हुँदा आत्मविश्वास बढ्नेछ । आकर्षक उपहार र नयाँ अवसर प्राप्त हुने समय छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्यक्षेत्रमा महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी व्यक्तिहरूसँग सल्लाह गर्नुहोस् । आज पशुधन वा कृषिबाट लाभ पाइनेछ। खर्च बढ्ने हुँदा आर्थिक अवस्था भने कमजोर हुनेछ । एउटै काम दोहोर्याएर गर्नुपर्ला । विदेशी सामानको व्यापार फस्टाउने समय भए पनि स्वदेशी सामानको व्यापारमा मन्दी आउनेछ । यद्यपि आज सरसापट र कर्जामार्फत धन जुटाउन सकिनेछ । व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। आज इच्छा तथा मनोकामना पूरा हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । आम्दानीको स्रोत बढ्नेछ भने मेहनतको फल प्राप्त हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यापार व्यवसायमा फड्को मार्ने समय छ । आयआर्जनको स्रोत फराकिलो हुनेछ । उठ्नुपर्ने रकम हात पर्नेछ । पुरानो समस्या दोहोरिदा सञ्चित रकम खर्च हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशीलताले परिस्थिति आफू अनूकुल हुनेछ भने व्यापार व्यवसायबाट मनग्य फाइदा लिन सकिनेछ । नयाँ काम पाउने योग रहेको छ भने प्रतिष्ठित काम सम्पादन हुनेछ । तारिफयोग्य काम सम्पादन हुनेछ । सौखले सुरु गरिएको कामबाट मनग्य फाइदा लिन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछ भने दिगो फाइदा हुने काममा जग बसाउन सकिनेछ । नोकरीमा पदोन्नति हुनेछ ।