एनसीआईसीकेकी सचिव महराले अर्थमन्त्री पौडेलसँगको भेटघाटमामा भने – बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्नु पर्यो

एनसीआईसीकेकी सचिव महराले अर्थमन्त्री पौडेलसँगको भेटघाटमामा भने – बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्नु पर्यो

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • images
    images
    एनसीआईसीकेकी सचिव महराले अर्थमन्त्री पौडेलसँगको भेटघाटमामा भने – बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्नु पर्यो
    images
    images

    काठमाडौं / कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छिन् ।

    साना तथा मझौला व्यवसायीहरूको समस्याबारे जानकारी गराउन सचिव महराले अर्थ मन्त्रालयमै गएर मन्त्री पौडेलसँग भेटवार्ता गरेकी हुन् ।

    आज बिहीबार भएको भेटमा उनले काठमाडौंका व्यापारी व्यवसायीहरूले भोगिरहेको विभिन्न समस्याहरूबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएकी छिन् । 

    भेटमा सचिव महराले  आगामी आर्थिक वर्षको बजेटमार्फत साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझावसमेत दिएकी छिन् ।

    वरिष्ठ सौन्दर्यविद् समेत रहेकी महराले बाहिरबाट हेर्दा नीतिगत भ्रष्टाचार मुलुकको जटिल समस्या भएको चर्चा गर्दै त्यसलाई न्यूनीकरण गरी निर्मुल पार्ने योजना बनाउन मन्त्री पौडेल र सरकारलाई सुझाव दिएकी छिन् ।

    भेटका अवसरमा अर्थमन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीले सरकार व्यापारी, व्यवसायी र उद्योगीको पक्षमा रहेको पुष्टि गरिसकेको भन्दै प्राप्त सुझावहरूलाई अधिकतम कार्यान्वयनतर्फ लगिने विश्वास व्यक्त गरे । 

    व्यवसायीको मर्का बुझेरै सरकारले विभिन्न अध्यादेश जारी गरी सहजीकरण गरेको मन्त्री पौडेलको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com