स्याङ्जा/ विकास निर्माणमा सबै एक हुनुपर्ने नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् ।
गल्याङ नगरपालिका ३ तल्लो गल्याङको खेल मैदानमा बिहीवारदेखि सुरु भएको गल्याङ आधिखोला महोत्सवको उद्घाटन गर्दै पुर्व मन्त्री गुरुङले भने, विकास निर्माण सबैका साझा हुन् ।
कृषि, उद्योग र पर्यटनको साथ खेल मैदान निर्माणको अभियानुु भन्ने नारा सहित बैशाख १५ गतेसम्म चल्ने महोत्सव उद्घाटन गर्दै उनले सिद्धार्थ राजमार्गको स्तर उन्नतिको काम छिट्टै सुरु हुने समेत बताए ।
उनले भने, ुुमेरो निर्वाचनको प्रमुख एजेन्डा सिद्धार्थ राजमार्गको स्तर उन्नति थियो त्यो काम केही समयमै सुरु हुन्छ ।
नेपालको विद्युत क्षेत्र र जिल्लामै पर्यटनको क्षेत्रको हिसाबले महत्त्वपूर्ण आधिखोला जलाशययुक्त आयोजना रहेको भन्दै त्यसलाई पनि स्थानीयको सहमतिमा पहल थालिने समेत बताए ।
उनले भने, यो आधिखोला जलाशययुक्त आयोजना बनाउन सकियो भने देशको विद्युत क्षेत्रमा ठूलो योगदान पुग्छ भने जिल्लाको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्छ । त्यसको लागि यहाँका स्थानीयको सहमतिमा अगाडि बढाइने छ ।