बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी होला ? हेर्नुस्

बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी होला ? हेर्नुस्

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • images
    images
    बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी होला ? हेर्नुस्
    images
    images

    आज विक्रम संवत २०८२ साल बैशाख ३ गते, बुधबार तदनुसार, ईश्वी सन् २०२५ अप्रिल १६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैसाख कृष्णपक्ष । तृतीया तिथि, अनुराधा नक्षत्र, आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–बृश्चिक ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने तारिफयोग्य काम सम्पादन हुने हुँदा प्रतिष्ठा बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफल भइनेछ । केही समय धैर्य गरेमा मात्रै उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरेपनि सोचेजस्तो उपलब्धि भने हुने छैन । पैतृक सम्पत्तिको प्रयोगबाट पनि आम्दानी बढाउन सकिदैन । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आयआर्जन बढाउने काम प्रारम्भ गर्ने समय छ । व्यापार व्यवसायका लागि यात्राको सम्भावना छ । सौखले भौतिक सामान जोड्न सकिनेछ । आँटेको काम सम्पादन हुने र पेसा तथा नोकरीमा चुनौति सजिलै पन्छाउन सकिने समय छ । व्यपारा व्यवसायबाट फाइदा लिन सकिनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । उद्योग व्यवसाय तथा सेयर बजारबाट आम्दानी बढ्नेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    दोहोर्याएर प्रयत्न गर्दा आँटेको काम बन्ने योग छ । मेहनतले प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्ने र दिगो फाइदा हुने काम बन्ने समय छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ भने मनग्य फाइदा उठाउन सकिनेछ । विवादित विषयको निर्णय तपाईँको पक्षमा आउनेछ । उद्योग, व्यापार तथा सेयर बजारबाट पनि राम्रै आम्दानी गर्न सकिने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    मेहनतले प्रतिष्ठित काम सम्पादन हुनेछ । भौतिक साधन जुट्ने र दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । लामो यात्रा प्रारम्भ हुनसक्छ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । आयआर्जनको स्रोत बृद्धि हुनेछ भने व्यापार व्यवसायको क्षेत्रमा लगानी गर्न केही समय पर्खनुपर्ला । व्यापार व्यवसाय, सेयर बजार तथा शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाउने समय रहेको छ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    परिस्थिति अनुकूल छैन । काम बिग्रने भयले सताउनेछ भने अरुको फाइदाको लागि उपयोग भइनेछ । कार्यक्षेत्रमा नयाँ अवसरको खोजीका लागि सङ्घर्ष गर्नुपर्ला । घर जग्गा तथा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । सवारी साधनको प्रयोग गर्दा र यात्रा गर्दा ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गरेअनुसार आम्दानी हुनेछैन । महत्वाकांक्षी योजना थाँती राख्नुहोस् । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    दौडधूप र कडा मेहनतले सफलता दिलाउनेछ ।  व्यापार, व्यवसाय, बैंक, बित्त, सेयर बजारबाट लाभ लिन सकिनेछ । उद्योग र व्यापारमा फाइदा लिने समय छ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारबाट फाइदा लिन सकिनेछ । मेहनतले सफलता दिलाउनेछ । पुराना समस्या बल्झिन सक्छ, सचेत हुनुहोस् । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार व्यवसायमा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने आयआर्जनको स्रोत बढ्नेछ । नयाँ अवसर प्राप्त हुनेछ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम सम्पादन हुनेछ । व्यापार, व्यवसाय, सेयर बजार तथा उद्योगमा गरिएको लगानी फस्टाउने समय छ । लामो समयदेखि रोकिएको रकम हात पर्नेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ कामको अवसर मिल्नेछ भने पहिलेको कमजोरीसमेत सुधार्न सकिनेछ । शुभचिन्तक र सहयोगीहरूको साथ मिल्ने योग छ । अनलाइन कारोबार गर्दा सावधान रहनुहोला । यात्राको आफ्नो सरसामान सुरक्षित राख्नुहोला । आर्थिक पक्ष सबल रहेको छ । व्यापार, व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ। राजनीति र सामाजिक क्षेत्रमा गरिएको लगानीबाट पनि फाइदा मिल्नेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आकस्मिक खर्च बढ्नाले आर्थिक सङ्कट झेल्नुपर्ला । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ला । कडा मेहनत गर्दा मात्रै अवसर सदुपयोग गर्न सकिनेछ । अनावश्यक खर्च बढ्नेछ । साझेदारीमा गरिएको व्यवसायमा भने सामान्य लाभ मिल्नेछ । गरिएको कामलाई निरन्तरता दिन सकिनेछ । लामो दुरीको यात्राको सम्भावना छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाउनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समय आफू अनुकूल रहनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण उपलब्धि हात पर्नेछ भने लामो समयदेखि रोकिएको काम बन्नेछ । व्यापार व्यवसायमा फड्को मार्न सकिनेछ । सञ्चित धनको उपयोग गरेर आम्दानी बढाउन सकिनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । समयमा काम सम्पादन हुनेछ । सेयर बजार, व्यवसाय, शैक्षिक र कृषि क्षेत्रमा गरिएको लगानी फस्टाउनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । चुनौति पन्छाएर काममा जग बसाउने समय छ । पहिलेको सफलताले हौसला बढाउनेछ । मेहनतले प्रतिष्ठित काम सम्पादन हुनेछ भने रचनात्मक काममा फाइदा हुनेछ । व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त अम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    पहिलेका कमजोरी सच्याउने समय छ । भौतिक साधन जुट्नेछन् र नोकरी र व्यवसायमा फाइदा हुनेछ भने नयाँ काममा जग बसाउन सकिनेछ । नसोचेको उपलब्धि हासिल हुनेछ । समयले साथ दिँदा नसोचेको काम बन्नेछ । लामो दुरीको यात्राको योग रहेको छ । व्यापार, व्यवसाय, सेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिने समय छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com