काठमाडौँ / गत चैत्र १५ गते काठमाडौँको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो । प्रसाईं सहित उनका अङ्ग रक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ ।
राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईँविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।