विश्व बैङ्कको २० अर्ब ४० करोड सहयोग स्वीकृत, पूर्वाधारमा खर्च गरिने

विश्व बैङ्कको २० अर्ब ४० करोड सहयोग स्वीकृत, पूर्वाधारमा खर्च गरिने

सोमवार, चैत १८ २०८१
सोमवार, चैत १८ २०८१
  • विश्व बैङ्कको २० अर्ब ४० करोड सहयोग स्वीकृत, पूर्वाधारमा खर्च गरिने

    काठमाडौँ / विश्व बैङ्कले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयनका लागि २० अर्ब ४० करोड रुपैयाँ प्रदान गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आइतबार स्वीकृत गरेको हो ।

    images
    images

    सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैङ्कको प्रधान कार्यालयले जनाएको छ ।

    नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवनयापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरका साथ अन्य आधारभूत सेवामा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पुलका लागि उक्त सहयोग प्रदान गरिएको विश्व बैङ्कले जनाएको छ । 

    साथै बाढीपहिरो र भूकम्पलगायत प्राकृतिक एवं जलवायुजन्य जोखिमले पुल जस्ता पूर्वाधारमा गम्भीर असर गर्ने भएकाले तिनको सबलीकरणका निम्ति वित्तीय सहयोगको प्याकेज स्वीकृत गरिएको बैङ्कले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com