आज कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

आज कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

बिहिवार, चैत १४ २०८१
बिहिवार, चैत १४ २०८१
  • आज कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

    काठमाडौँ / आज बिहिबार कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको  मौसम मुख्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । 

    images
    images

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

    कोशी र  गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी  र  गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय