शुक्रबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

शुक्रबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

शुक्रवार, चैत १ २०८१
शुक्रवार, चैत १ २०८१
  • शुक्रबारको राशिफल : आजको दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

    आज वि.सं.२०८१ चैत १ गते, शुक्रवार, तदनुसार १४ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष पूर्णिमा तिथि, १२ बजे ३१ मिनेटपछि प्रतिपदा। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह, २३ बजे ३१ पछि मिनेटपछि कन्या।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    बुद्धिको उपयोगले चुनौतिपूर्ण काम सम्पन्न हुनेछ । थोरै भए पनि दिगो फाइदा हुने काम सुरु हुनेछ । महत्त्वपूर्ण काम बिहानै गर्नुहोस् । समय अनुकूल हुँदा मनपर्ने भौतिक साधन जोड्न सकिनेछ । मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आँटले काम लिन नसक्दा पछि परिनेछ । पहिलेका समस्या दोहोरिन सक्छन्। पशुपालन वा कृषिबाट राम्रो लाभ मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ।रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    साहसिक काम गर्ने अवसर छ । आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। पेसा व्यवसायबात सामान्य आम्दानी हुनेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रिन सक्ला। भौतिक साधन जोड्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ। 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    रुचिको कार्य गर्ने अवसर मिल्नेछ। मेहनतले मनग्य धन लाभ गर्न सकिनेछ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वहन गर्नुपर्ला । उद्योग व्यापारमा लाभ मिल्नेछ। चुनौतीपूर्ण कार्य सम्पादन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नोकरी वा पेशामा दोहोर्याएर काम गर्दा फाइदा हुनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। नयाँ कार्य काम सुरु गर्ने उपयुक्त समय छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। शुभचिन्तकहरुको सहयोगले चिताएको काम बन्नेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। राजकीय वा प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। भौतिक संसाधन जुटाउन सकिएला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। हात परेको रकम खर्च गर्नुपर्ला । यात्राको सम्भावना छ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ।  आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। प्रशांयोग्य काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।  आम्दानी बढ्नेछ। यद्यपि, आज सरसापटमा पनि धन बाहिरिन सक्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार व्यवसायबात मनग्य लाभ प्राप्त हुनेछ । नोकरी वा पेशामा विशिष्ट व्यक्तिहरुको साथ मिल्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनेछ । पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    आज विवादास्पद जिम्मेवारीबाट टाढै बस्नुहोस् । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका कारण चिताएको काम पूरा गर्न मुस्किल पर्ने देखिन्छ । मध्यान्हपछि भने समय अनुकूल छ । धन लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    रुचिको कार्य गर्ने अवसर मिल्नेछ । मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल छ। आफ्नो मेहनतबाट अरुले फाइदा उठाउन सक्छन् ।  कोसिस गर्नेछन्। सानातिना समस्यामा समय बित्नेछ । खर्च बढ्दा आर्थिक संकट आउन सक्छ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    पुरानो लगानीबाट लाभ आर्जन गर्न सकिएला। नयाँ जागिरको खोजीमा सफलता मिल्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय