images
Logo
images

राइस मिल बचाउन नगर प्रमुखविरुद्ध नाराबाजी, टायर बालेर प्रदर्शन

राइस मिल बचाउन नगर प्रमुखविरुद्ध नाराबाजी, टायर बालेर प्रदर्शन

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • images
    images
    राइस मिल बचाउन नगर प्रमुखविरुद्ध नाराबाजी, टायर बालेर प्रदर्शन
    images
    images

    रौतहट / गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै  शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ ।  गौर राइस मिल बचाउ अभियानले गौर बिपि चोकमा टायर बालेर प्रदर्शन गरेको हो । 

    नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ । विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रबार पनि निरन्तरता दिएका हुन् ।

    गौर राइस मिलको जमिन नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने पालिकाको बोर्डबाट निर्णय भएको थियो । सोही निर्णयको विरुद्धमा गौर राइस मिल बचाउ अभियान आन्दोलित भएको हो ।
    अभियानका  नेता बजरंगी गुप्ताका अनुसार गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई उक्त निर्णयलाई सच्याउन आग्रह सहित ज्ञापन पत्र समेत बुझाइसकेको उल्लेख गरेका छन् । 

    गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निःशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए । 
    गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । यस विषयमा मुख्यमन्त्री सतिश कुमार सिंहले समेत ध्यानाकर्षण भएको जनाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com