शुक्रबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

शुक्रबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्

शुक्रवार, फागुन २३ २०८१
शुक्रवार, फागुन २३ २०८१
  • images
    images
    शुक्रबारको राशिफल : तपाईँको आजको दिन कति शुभ कति अशुभ ? हेर्नुस्
    images
    images

    आज वि.सं. २०८१ साल फाल्गुन २३ गते । शुक्रबार, तदनुसार ईश्वी सन् २०२५ मार्च ७ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । अष्टमी तिथि, दिउँसो १ बजेर ३६ मिनेट उप्रान्त नवमी । मृगशिरा नक्षत्र, रातको ३ बजेर २४ मिनेट उप्रान्त आद्र्रा । प्रिती योग, बेलुकी १० बजेर ९ मिनेट उप्रान्त आयुष्मान । बव करण, दिउसो १ बजे ३६ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ४५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृष, दिउसो ३ बजेर ५२ मिनेट उप्रान्त मिथुन । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ भने लगानीको वातारण रहेको छ । अरुको काम समयमै सम्पन्न गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । चिताएको काम सम्पादन हुनेछ। आयआर्जनका स्रोत फेला पर्नेछन्। पुरानो उपलब्धिले हौसला मिल्नेछ।  दिगो फाइदा हुने काम बन्नेछ । जग्गा जमिन सम्बन्धी समस्या सुल्झिनेछन्। 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामिलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक पक्ष सबल बन्नेछ । होटेल तथा रेष्टुरेन्टको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । दिगो योजना प्रारम्भ हुन सक्छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    श्रमको उचित मूल्याङ्कन नहुन सक्छ । नयाँ काम सुरु गर्नको लागि केही समय पर्खनुहोस् । लामो दुरीको यात्राको सम्भावना छ । रुपैयाँ पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । आकस्मिक खर्च बढ्दा आर्थिक सङ्कट आइपर्ला । व्यवसायमा लगानी बढाउपर्ला । साँझपछि भने समय अनुकूल बन्नेछ । नोकरी वा पेशामा सोचविचार पुर्याएर मात्रै निर्णय लिनुहोला । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू अड्किन सक्लान्। हिम्मतले काम लिने समयछ  । पेसा र व्यवसायमा लाभ लिन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।  आम्दानीको स्रोत बढ्नेछ । मध्यान्हपछि समय मध्यम छ । धन बाहिरिन सक्छ । अरुका लागि खर्च गर्नुपर्ने हुनसक्छ । श्रमको उचित मूल्याङ्कन नभए पनि धेरै गर्दा केही प्रतिफल भने पाइनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यवसायमा लेनदेनमा पारदर्शी हुनुहोला । सरकारी, भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट मनग्य आम्दानी गर्न सकिनेछ । प्रतिस्पर्धामा विजयी भइने समय छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। सरसापटमा धन बाहिरिनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कार्यक्षेत्रमा समयमा काम सम्पादन नहोला। आयस्रोत सबल रहनेछ।  भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। व्यापार व्यवसाय फस्टाउने समय छ । नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    उद्योग जगतमा जोखिम रहेका काममा रुचि बढ्नेछ । नोकरी वा पेशामा हिम्मतले काम गर्ने समय छ । सफलताको लागि संघर्ष गर्नुपर्ला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । आर्थिक पक्ष कमजोर रहनेछ । व्यापार व्यवसायमा आम्दानी न्यून हुँदा अर्थ सङ्कट झेल्नुपर्ला । प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पुरानो विवाद सुल्झिने समय छ । कार्यक्षेत्रमा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । उपहार हातलागी हुने समय छ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न सकिनेछ । उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    खर्चको वृद्धिले समस्या बढ्नेछ। कार्यक्षेत्रमा अपमानित हुनुपर्ला । हिम्मतले चुनौतिपूर्ण काम सहजै सम्पन्न गर्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मिहिनेतले अवसर दिलाउन सक्छ। लामो दुरीको  यात्राको सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने योग रहेको छ । वादविवाद र मुद्दामामिला आफ्नो पक्षमा फैसला हुनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    समयमा कार्यसम्पादन हुँदा उत्साह् बढ्नेछ । व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायक रहनेछ। लामो समयदेखि रोकिएको काम बन्नेछ । अवसरको सदुपयोग गरी मनग्य धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग गर्न पाइनेछ । पुरानो काम बन्दा नयाँ काम सुरु गर्ने समय पाइनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार व्यवसायमा समय बढी खर्चिनुपर्ला । यद्यपि, आज कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। निर्णय गर्ने क्षमता कमजोर हुँदा काम रोकिन सक्छ । मध्याह्नपछि स्थितिमा सुधार आउनेछ । सुखद समाचारले उत्साह जगाउनेछ। नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    राजकीय वा प्रशासनिक मामिलाहरू सुल्झिनेछन। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। उद्योग तथा उत्पादनमूलक व्यवसायबाट फाइदा लिन सकिनेछ । उपलब्धिमूलक यात्राहुनेछ । व्यापारमा पनि फाइदा मिल्नेछ। पुराना समस्या समाधान हुनेछ। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । चिताएको काममा सफलता मिल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com