images
Logo
images

माछापालक किसान संघ कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा निरज माझी

माछापालक किसान संघ कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा निरज माझी

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • images
    images
    माछापालक किसान संघ कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा निरज माझी
    images
    images

    माछापालक किसान संघ नेपालको कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । 

    यहि फागुन ७ गते सुर्खेत विरेन्द्रनगरमा भएको उक्त कार्यक्रम अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेश कमिटीले आयोजना गरेको थियो । 

    सम्पूर्ण माछापालक किसान एक जुट होऔं भन्ने मुल नाराका साथ सम्पन्न उक्त भेलामा  सात सदस्यीय किमटी गठन भएको अध्यक्ष निरज माझी रहेका छन् । दैलेखका निरज माझीको नेतृत्वमा  सदस्यहरु रेशम थापा, रुपेश घर्ती, दिपक थापा, सरस्वती आचार्य, ललिता शाही र इन्द्रा शर्मा सदस्य रहेका छन् । आवश्यकताअनुसार अझै सदस्यहरु बढाउँदै लगिने भएको छ । 

    प्रोटिनको सर्वोत्तम एवं भरपर्दो श्रोत माछाको प्रयोग दैनिक रुपमा बढ्दो छ । 

    माछा उपभोक्ताको माग बढ्दै जाँदा व्यवसायीहरु पनि मुलुकभर थपिदै गएको संघले जनाएको छ । तर, प्रविधि र सीपयुक्त माछापालक व्यवसायीहरु कम छन् । जसले अझै पनि भारत लगायत मुलुकबाट माछा आयात गरी रहनुपर्ने नेपालको बाध्यता छ ।

    नेपालमै उपलब्ध ताल तलैया नदि तथा जलसाय युक्त जलविद्युत क्षेत्रमा माछा पालन गर्न सकिने भएपनि पूर्ण रुपमा सरकारले चासो दिएको देखिदैन । 

    पछिल्लो समय माछापालक व्यवसायीहरु देशका विभिन्न स्थानबाट संगठित हुँदै आएका छन् । यस क्षेत्रका समस्याको पहिचान तथा समाधानका उपायाहरु खोज्ने उद्धेश्यले यहि माघ।।। गते कर्णालीमा माछापालक व्यसायीहरु भेला भएका थिए । 


    सार्वजनिक जलाशयहरुमा भुमिहिन एवं विपन्न वर्गको पहुंच बढाई आयात प्रतिस्थापित गरि निर्यात प्रवर्धन गर्न एव आय आर्जनको अवसर प्रदान गर्न सकिने भएपनि राज्यको चासो अझै पुगेको देखिदैन । 

    नेपालमा मत्स्य पालन गर्न सकिने प्रशस्त सम्भावना रहँदा रहँदै पनि मत्स्यपालनको त्यति विस्तार हुन सकेको छैन । कारण मत्स्यपालन प्रविधिबारे कृषकहरुलाई उचित ज्ञानको पँहुच नहुनु हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com