पेट्रोलियम पदार्थ खरिद गर्दा ७ महिनामा बाहिरियो १ खर्ब ४ अर्ब

पेट्रोलियम पदार्थ खरिद गर्दा ७ महिनामा बाहिरियो १ खर्ब ४ अर्ब

७ महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको २ लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व सङ्कलन

मंगलवार, फागुन १३ २०८१
मंगलवार, फागुन १३ २०८१
  • images
    images
    पेट्रोलियम पदार्थ खरिद गर्दा ७ महिनामा बाहिरियो १ खर्ब ४ अर्ब
    images
    images

    चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।

    गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो।

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए । 

    गत आवको सात महिनाको अवधिमा भने १ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । 

    कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

    जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड राजस्व सङ्कलन भएको थियो । 

    चालु आवको सात महिनामा ५१ अर्ब ७९ करोड बराबरको ५ लाख ८१ ७९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

    त्यस्तै चालु आवको ७ महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको २ लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

    चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड रुपैयाँ मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार ६२४ किलोग्राम एलपिजी आयात भएको छ । 

    सो आयात हुँदा ३ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com