सरकारले संसदमा दुई तिहाइको धाक देखायो : गणेश पराजुली

सरकारले संसदमा दुई तिहाइको धाक देखायो : गणेश पराजुली

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • सरकारले संसदमा दुई तिहाइको धाक देखायो : गणेश पराजुली

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकार मनपरी गर्न थालेको बताएका छन् । उनले सरकार पक्षले जति मन लाग्यो त्यतिबेला र जसरी चाहे त्यसरी नै पेलेर अघि बढ्न खोजेको आरोप लगाए । 

    images
    images

    मंगलबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको प्रमुख सचेतकले बोलेको कुरामा नियमापत्ति गर्दै उनले सरकारले दुई तिहाइको धाक दिएको आरोप लगाए । 

    उनले भने, “सरकार पक्षको यो पेलाई कस्तो हो । सदन सञ्चालन प्रक्रियाको संसदीय नियमावली छ । सोही नियम अनुसार आकस्मिक सुन्ने र विशेष समय उपलब्ध गराउने जिम्मेवारी सभामुखज्यूको नै हो । तर सरकार पक्षले जतिबेला चाहे त्यतिबेला जसरी चाहे त्यसरी पेलान गर्न पाइन्छ । र यो प्रक्रियामा नियमापत्ति गर्दै गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो ? विपक्षीहरूलाई सरकारले दुई तिहाईको धाक दिने काम गर्यो ।”

    यसको साथै, उनले नियमापत्तिको लागि दफा २६ हुँदाहुँदै दफा १२ बारे भाषण दिएको भन्दै यो प्रक्रिया सभामुखलाई सरकारले सिकाउने हो कि सभामुखले आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय