महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’को सुरुवात, ग्राहक सेवा प्रणाली थप प्रभावकारी हुने

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’को सुरुवात, ग्राहक सेवा प्रणाली थप प्रभावकारी हुने

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’को सुरुवात, ग्राहक सेवा प्रणाली थप प्रभावकारी हुने

    काठमाडौँ / महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’सञ्चालनमा ल्याएको छ । 

    images
    images

    बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागतरूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो । 

    बैंकले सञ्चालनमा ल्याएको ‘महालक्ष्मी कल सेन्टर’बाट ग्राहक सहायता सम्बन्धी जानकारी प्रदान गर्ने, ग्राहकहरूको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने, वित्तीय सेवाहरू सम्बन्धी जानकारी प्रदान गर्ने, डिजिटल बैंकिङ्ग सम्बन्धी आइपर्ने प्राविधिक समस्याहरूको सम्बोधन गर्ने, ग्राहकहरूबाट आउने उजुरीको अभिलेख राखी सोको निराकरणको लागि प्रक्रिया अगाडी बढाउने लगायतका कार्यहरू गर्नेछ । बैंकले एक निश्चित समयभित्र कल सेन्टरमार्फत आएका गुनासो/जिज्ञासा/उजुरीहरूको सम्बोधन गर्नेछ । 

    यस अन्र्तगत ग्राहकहरूले फोन नम्बर ०१–५९७०९७३ मा सिधा सम्पर्क गर्न सक्नेछन् वा इमेल ठेगाना helpdesk@mahalaxmibank.com.np मा इमेल गर्न सक्नेछन् ।

    यसबाट ग्राहकहरूको समस्याहरूको व्यवस्थापन र समाधान गर्न सहज हुने तथा ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । 

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’सञ्चालनमा ल्याएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय