सिङ्गो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : स्वर्णिम वाग्ले

सिङ्गो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : स्वर्णिम वाग्ले

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • images
    images
    सिङ्गो राज्य शक्ति रवि लामिछानेमाथि खनिएको छ : स्वर्णिम वाग्ले
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताएका छन् । 
    शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए । 

    उनले भने, “संसदमा एउटा विशेष व्यक्ति अनुपस्थिति छ । नेपालको संसदीय इतिहासमा झण्डै ५० हजार मत ल्याएर दुई पटक विजयी भएको चितवन क्षेत्र नं २ का सांसद तथा हाम्रो पार्टीको सभापति रवि लामिछाने आज उपस्थित हुनुहुन्न । यहाँका सबै सांसदहरूको सर्वसम्मत रूपमा बनाएको संविधानको धारामा टेकेर नै बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बन गरिएको छ । यसको कानुनी उपचार र निधान हामी खोज्छौं । सिङ्गो राज्य शक्ति नै लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको छ ।”

    उनले नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भिषण आक्रमणबाट गुज्रिरहेको महशुस भएको बताए । चौथो चरण अस्थित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग विजय रहेको र आफूहरू चौैथो चरणमा जान पूर्ण रूपमा आत्मविश्वासकासाथ अगाडि बढेको पनि उनले जानकारी दिए । 

    उनले नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्ने माग राखे  । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ति छानबिन गर्ने गरेर अब हामी अगाडि जानुपर्ने उनको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com