वर्तमान व्यवस्था ल्याएकाहरू नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : बाबुराम भट्टराई

वर्तमान व्यवस्था ल्याएकाहरू नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : बाबुराम भट्टराई

बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • images
    images
    वर्तमान व्यवस्था ल्याएकाहरू नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : बाबुराम भट्टराई
    images
    images

    काठमाडौँ / नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा गएपछि  देशलाई डुबाउने हर्कतमा लागेको बताएका छन् । 

    बुधबार काठमाडौँमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अहिले राजनीतिक परिवर्तनपछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमि कमजोरीहरू पत्ता लगाएर देशलाई समृद्ध बनाउनेतर्फ केन्द्रीत हुनुपर्ने बताए । 

    उनले भने, “जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू हौं हामी । तर तिनै मानिस सत्तामा जाँदा उही हर्कत गर्ने ? भ्रष्टाचार गर्ने ?अनेक काण्ड गरेर देशलाई डुबाउने ?हामी फेरी परिवर्तन ल्याउँछौं । राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थभित्र रहेका जुन कमि कमजोरीहरू छन् सुशासनको कुरामा केन्द्रीय भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौँ ।” 

    त्यस्तै, उनले समाजवादी विद्यार्थी युनियनलाई अरू पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए । विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्पक्षेप नगरी स्वायत्तत्ता बनाउने उनले प्रतिवद्धता जनाए । 

    उनले भने, “हामीले अरू पुराना पार्टीको जस्तो झोले बनाएर र पूरै ठाडो आदेश गर्ने विद्यार्थी सम्मेलनमा पनि कसैको आदेश हुन्छ ? हामीले सुनिरहेको हुन्छौँ । सबैभन्दा क्रान्तिकारी भनिएको हाम्रो साथिहरूको पनि कहिले पानी खन्याइदिने कसैलाई जलाइदिने गरेर आफ्नै मान्छे राख्ने खराब प्रवृत्ति एकतर्फ छ भने हामी त्यसरी हस्तक्षेप गर्दैनौँ । हाम्रो विद्यार्थी संगठन स्वायत्तत्ता हुन्छन् । विधानमा मै लेखेको छौँ ।” 

    राजनीतिक स्थिरता भयो, प्रत्येक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्यक्ष रूपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्याउन सकिने उनको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com