अस्ट्रेलियाको मेलबर्नमा ‘कँडेल कप २०२५’को तयारी पूरा : बिजेताले कति पाउलान् पुरस्कार ?

अस्ट्रेलियाको मेलबर्नमा ‘कँडेल कप २०२५’को तयारी पूरा : बिजेताले कति पाउलान् पुरस्कार ?

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • अस्ट्रेलियाको मेलबर्नमा ‘कँडेल कप २०२५’को तयारी पूरा : बिजेताले कति पाउलान् पुरस्कार ?

    अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’को तयारी पूरा भएको जनाएको छ । क्लबले वार्षिक रूपमा आयोजना गर्दै आएको सो फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । 

    images
    images

    १४ औँ संस्करणको यो प्रतियोगिता आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोर्ट्स सेन्टरमा आयोजना हुनेछ।

    यो संस्करणमा कुल ४० टोली सहभागी हुनेछन्। खुला प्रतिस्पर्धातर्फ २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् भने ३५ वर्षमाथिका उमेर समूहमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

    अस्ट्रेलियामा नेपाली समुदायद्वारा आयोजित सबैभन्दा ठूलो र सफल प्रतियोगिताहरूमध्ये एक कँडेल कपको मुख्य प्रायोजकमा कँडेल कन्सल्टेन्सीले निरन्तरता दिएको छ ।

    त्यस्तै, प्रायोजकमा सफायर रियल स्टेट रहेको छ। यसपटक प्रतियोगिताको संयोजकका रूपमा क्लबका उपाध्यक्ष सज्जन शर्मालाई नियुक्त गरिएको छ।

    नेपाल र नेपाली फुटबललाई प्रवर्द्धन गर्दै खेलकुदको माध्यमबाट समुदायलाई एकजुट बनाउने उद्देश्यले आयोजना गरिने यस प्रतियोगितामा क्यानबेरा, सिड्नी, गोल्डकोस्ट, ब्रिसबेन, तास्मानिया, र एडिलेडका क्लबहरू मेलबर्न आउने तयारीमा छन् ।

    प्रतियोगितामा खुला समूहअन्तर्गत बिजेता टोलीले १२ सय अमेरिकी डलर र उपविजेता टोलीले ४५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । 
    यसैगरी, ३५ बर्षमाथिको समूहका बिजेता टोलीले २५०० अमेरिकी डलर र उपविजेता टोलीले १००० अमेरिकी डलर प्राप्त गर्ने बताइएको छ । 

    त्यस्तै, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही २०० अमेरिकी डलर प्राप्त गर्नेछन् । फेयर प्ले अवार्ड जित्ने टोलीलाई पनि २०० अमेरिकी डलर प्रदान गरिनेछ।

    उक्त संस्करणमा हामीले खेलाडी र खेलकर्मीसँगै रेफ्रीलाई समेत नेपाल–अष्ट्रेलिया फुटबलसँग अभ्यस्त बनाउने प्रयास गरेका छौँ । साथै, महिला र बालबालिका लक्षित विशेष फुटबल कार्यक्रमहरू पनि प्रतियोगिताको मूख्य आकर्षण हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय