images
Logo
images
images
Logo
images

बलिउड अभिनेता सैफअली खानमाथि घरमै घातक आक्रमण, के थियो कारण ?

बलिउड अभिनेता सैफअली खानमाथि घरमै घातक आक्रमण, के थियो कारण ?

बिहिवार, माघ ३ २०८१
बिहिवार, माघ ३ २०८१
  • images
    images
    बलिउड अभिनेता सैफअली खानमाथि घरमै घातक आक्रमण, के थियो कारण ?
    images
    images

    बलिउड अभिनेता सैफ अली खान अहिले अस्पतालमा भर्ना भएका छन्। उनीमाथि धारिलो हतियारले आक्रमण भएपछि उनलाई अस्पताल पुर्याइएको हो । बिहान २ः३० बजेतिर मुम्बईको बान्द्रामा रहेको उनको घरमा चोरी गर्ने उद्देश्यले एक अज्ञात व्यक्ति प्रवेश गरे। 

    आक्रमणकारीसँगको झडपको क्रममा उनलाई धारिलो हतियारले धेरै पटक आक्रमण गरिएको थियो। उनको अहिले मुम्बईको लीलावती अस्पतालमा शल्यक्रिया भइरहेको छ। 

    स्रोतका अनुसार उनको शरीरमा चक्कुको छ वटा घाउ थिए। सैफको घाँटी र मेरुदण्ड नजिकै गम्भीर चोट लागेको छ। यस आक्रमणमा सैफ अली खानको घरमा काम गर्ने कामदार पनि घाइते भएका छन्। 

    घरमा काम गर्ने कामदारलाई सामान्य चोट लागेको छ।  सैफलाई छ पटक छुरा प्रहार गरिएको थियो, जसमध्ये दुई पटक धेरै गहिरो थिए।

    यीमध्ये एउटा आक्रमण सैफको मेरुदण्ड नजिकै गरिएको थियो। न्यूरोसर्जन डा. नितिन डांगे, कस्मेटिक सर्जन डा. लीना जैनको नेतृत्वमा डाक्टरहरूको टोलीले उनको शल्यक्रिया गरिरहेको छ।

    बच्चाहरूको कोठामा भएको थियो आक्रमण 

    स्रोतका अनुसार यो घटना सैफ अली खानका छोराछोरी तैमुर र जेहको कोठामा भएको थियो। आक्रमणकारीहरू कसरी भित्र पसे भन्नेबारे प्रहरीले पत्ता लगाउने प्रयास गरिरहेको छ। 

    प्रहरीले आक्रमणकारीहरू बाहिरबाट आएका थिए वा पहिले नै भित्र थिए भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ।

    सैफका जनसम्पर्क अधिकारीका अनुसार नानी (बच्चाहरूको हेरचाह गर्ने सहयोगी) राति करिब २ः३० बजे केही आवाज सुनेर उठिन्। सैफ अलीको सम्पूर्ण परिवार घरमा सुतिरहेको थियो। आवाज सुनेर सैफ अली खान उठे र आक्रमणकारीको सामना गरे ।

    सैफले आक्रमणकारीहरूलाई समात्ने प्रयास गरे। सो झडपको क्रममा आक्रमणकारीले उनीमाथि धेरै पटक आक्रमण गरे । 

    सैफकी श्रीमतीसमेत रहेकी अभिनेत्री करीना कपूरको लुट्ने प्रयास भएको बयानमा बताएकी छन् । परिवारका बाँकी सदस्यहरू पूर्ण रूपमा सुरक्षित छन्। 

    मुम्बई प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरिसकेको छ । प्रहरी सैफको घरमा पुगेमा पुगेर सोधपुछसमेत गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com