ज्योति विकास बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, केके निर्णय गर्यो ?

ज्योति विकास बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, केके निर्णय गर्यो ?

बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • ज्योति विकास बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, केके निर्णय गर्यो ?

    काठमाडौं/  ज्योति विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा यहि पुस २९ गते, सोमबार काठमाडौंमा सम्पन्न भएको छ । 

    images
    images

    बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको हो । 

    उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरु, शेयरधनी महानुभावहरु, बैंकका विभिन्न पदाधिकारीहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो। 

    बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए । 


    साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०/ ८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ। 

    साधारणसभाले ज्योति विकास बैंकको संस्थापक शेयरधनी समुहको तर्फबाट हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण  शेयरधनी समुहको तर्फबाट ध्रुव कोइराला र  नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।  

    सभाले बैंकको आ.व. २०८१/ ८२ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०८०/ ८१ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

    साधारण सभामा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए । 

    सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराए । 

    आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ–आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए । 

    शेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिए । 

    सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित हरि चन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । 

    खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा रहेका थिए ।


    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी यस विकास बैंकले नागरिकको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेको दाबी बैंकले गरेको छ । 


    ज्योति विकास बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। 

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय