महालक्ष्मी विकास बैंंकको २३औँ बार्षिक साधारण सभा : ७ प्रतिशत लाभांश प्रस्ताव पारित

महालक्ष्मी विकास बैंंकको २३औँ बार्षिक साधारण सभा : ७ प्रतिशत लाभांश प्रस्ताव पारित

सोमवार, पुस २९ २०८१
सोमवार, पुस २९ २०८१
  • महालक्ष्मी विकास बैंंकको २३औँ बार्षिक साधारण सभा : ७ प्रतिशत लाभांश प्रस्ताव पारित

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडकोे २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा बैंकको सभा सम्पन्न भएको हो । 

    images
    images

    उक्त सभाले २०८१ साल असार मसान्तको वासलात तथा आ.ब. २०८०÷०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा÷नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ । 

    यसैगरी वार्षिक साधारण सभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदित गरिएको छ ।

    यस अन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित भएको हो ।

    आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकरात्मक परिवर्तन देखिएको छ । 

    आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रतिसेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ । 

    सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै  बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिबद्धता  व्यक्त गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय