सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रोशीका ४४७ विद्यार्थीहरूलाई न्यानो लुगा वितरण

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रोशीका ४४७ विद्यार्थीहरूलाई न्यानो लुगा वितरण

शुक्रवार, पुस १२ २०८१
शुक्रवार, पुस १२ २०८१
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रोशीका ४४७ विद्यार्थीहरूलाई न्यानो लुगा वितरण

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्सले रोशीका ४ सय ४७ जना विद्यार्थीहरूका लागि न्यानो लुगा वितरण गरेको छ । कम्पनीले रोशी गाउँपालिकामास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विधार्थी तथा श्री मंगल जनविजय माध्यामिक विद्यालयका ४ सय जना विद्यार्थीहरूका लागि जाडो महिनाको लागि विद्यालय पोषाक ट्रयाक सुट वितरण गरेको हो।

    images
    images

     गत साउन १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको परिप्रेक्षमा काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित केही क्षेत्रलाई निकै प्रभावित पारेको थियो । 

    बाढी प्रभावित क्षेत्रका बालबालिकाहरूको शैक्षिक गतिविधिमा समेत असर परेकोले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरूलाई न्यानो पोषाकको आवश्यक भएकोले वितरण गरिएको कम्पनीले जनाएको छ । 

    कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  दिप बहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल,  प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलका साथै स्थानीय तहका पदाधिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिती थियो । 

    कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिसीले सो कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै, असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउदा, स-साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफुलाई पनि खुशी लागेको बताए । 

    सो अवसरमा उनले बीमा सबैको लागि अवश्यक छ भन्ने कुरामा समेत जोड दिए । साथै, बिसीले विद्यार्थी भोलिको देशको कर्णधार भएको जोड दिँदै  विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

    News citizen1.JPG

    कार्यक्रममा उपस्थित समाजसेवी शंख बुद्ध लामाले आफु संस्थापक भएको विद्यालयमा सहयोग गरेकोमा सिटिजन लाइफलाई धन्यवाद ज्ञापन गर्दै बिमा बुढेसकालमा सहारा हुने भएकोले  बीमा गर्नुपर्ने कुरामा जोड दिए । 

    बिमाले मानिसलाई हुने आर्थिक नोक्सानीलाई न्युनीकरण गर्न सकिने उनको भनाई छ । 

    कम्पनीका एजेन्सी मेनेजर साथै यस कार्यक्रमका सहजकर्ता अशोक बुद्ध लामाले बिमाले भविष्यमा हुनसक्ने जोखिम कम गर्ने हुनाले जीवन बिमाका लागि सिटिजन लाइफलाई सम्झिन अनुरोध गरे । 

    त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर लामाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय