साँढेचार करोड लागतमा कभर्ड हल बन्यो, भलिबलदेखि ब्याडमिन्टनसम्म खेल्न सकिने

साँढेचार करोड लागतमा कभर्ड हल बन्यो, भलिबलदेखि ब्याडमिन्टनसम्म खेल्न सकिने

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • साँढेचार करोड लागतमा कभर्ड हल बन्यो, भलिबलदेखि ब्याडमिन्टनसम्म खेल्न सकिने

    नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं १५ स्थितडल्लु अवास क्षेत्रमा निर्माण भएको उक्त भवनको उद्घाटन गरेका थिए । 

    images
    images

    अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यो कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो। 

    यसको निर्माणका लागि कुल चार करोड ५० लाख रुपैंया खर्च भएको छ । 

    कभर्ड हलको सिल्यानास २०७९ को असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ।

    coverd hall.png


    उद्घाटन अवसरमा अध्यक्ष श्रेष्ठले कभर्डको निर्माणले स्थानीय खेलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै यसले स्थानीय खेलाडी उत्पादनमा पनि सहयोग गर्ने बताए ।

    coverd.png

    श्रेष्ठले भने, ‘यो नेपाली खेलकुदका लागि ठूलो उपलब्धी हो । 

    कभर्ड हलका कारण यो क्षेत्रमा खेलकुद विकासमा मदत पुग्नेछ । खेल स्थलकै उपलब्ध भएपछि मात्रै खेलाडी उत्पादनका लागि मदत पुग्ने हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय