इसेवाको ब्राण्ड प्रवर्द्धकमा पुनः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेल, साझेदारीले नयाँ आयाम थप्ने अपेक्षा

इसेवाको ब्राण्ड प्रवर्द्धकमा पुनः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेल, साझेदारीले नयाँ आयाम थप्ने अपेक्षा

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • images
    images
    इसेवाको ब्राण्ड प्रवर्द्धकमा पुनः राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेल, साझेदारीले नयाँ आयाम थप्ने अपेक्षा
    images
    images

    काठमाडौँ / नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ब्राण्ड प्रवद्र्धकको रूपमा रोहित कुमार पौडेललाई निरन्तरता दिएको छ । 

    इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको हो । 

    विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको इसेवाले जनाएको छ ।
     
    गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदीश खड्का र रोहित कुमार पौडेलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।  

    ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए । 

    इसेवाका सीइओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्वपूर्ण योगदान दिँदै आएका नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैँमा गर्वको विषय भएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com