प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम, १०३ जनाको उपस्थिति

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम, १०३ जनाको उपस्थिति

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • images
    images
    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम, १०३ जनाको उपस्थिति
    images
    images

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एकदिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करिब १०३ जनाको उपस्थिति रहेको थियो ।

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरू, जोखिम व्यवस्थापनमा बीमाको महत्त्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुती दिएका थिए ।

    कार्यक्रममा बोल्दै पुष्पा खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् ।

    साथै उनले निर्जीबन बिमाको क्षेत्रमा भन्झटरहित दावी भुक्तानी प्रकृयासहितको प्रस्तुतीका लागि धन्यवाद व्यक्त गरिन्।

    कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै छिट्टै नै कार्यगत एकता गरेर महासंघसँग आवद्ध सम्पूर्ण व्यवसायीहरूलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

    प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो ।

    धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com