जस्मिन पेन्ट्सको  सद्भावना दुत  पारस खड्का, खेल क्षेत्रलाई थप प्रोत्साहन गर्ने उद्धेश्य

जस्मिन पेन्ट्सको  सद्भावना दुत  पारस खड्का, खेल क्षेत्रलाई थप प्रोत्साहन गर्ने उद्धेश्य

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • जस्मिन पेन्ट्सको  सद्भावना दुत  पारस खड्का, खेल क्षेत्रलाई थप प्रोत्साहन गर्ने उद्धेश्य

    काठमाडौं/  जस्मिन पेन्ट्स “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ। 

    images
    images

    कम्पनीको अनुसार नेपाली पेन्ट्स कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा स्थापित देखिन्छ । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत  यस कम्पनीले अझ जिम्मेवार वहन गर्दै २१ औ शताब्दीको चुनौतीलाई  सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ अघि बढिरहेको जनाएको छ । 

    उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको कम्पनी ३१ बर्षदेखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित छ । 

    क्रिकेट टोलीका पुर्वकप्तान  पारस खड्का सद्भावना दुत

    स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान  पारस खड्का लाई आफ्नो सद्भावना दुत ९द्यचबलम ब्mदबककबमयच० को रुपमा नियुक्त गरेको छ। 

     
    कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरुलाई पनि सद्भावना दुत नियुक्त गरेको थियो । 

    पछिल्लो समय नेपाली खेल क्षेत्रको बिकास र युवाहरुको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेट क्षेत्रमा थप प्रोत्साहन गर्न खोजेको कम्पनीले विज्ञप्तिमा भनेको छ । 

    jasmin paints nepal.png

    यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै उत्पादनहरुलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले राखेको छ । 

    निर्देशक सौगात अर्याल यस्तो भन्छन्ः 

    जस्मिन पेन्ट्सका निर्देशक सौगात अर्यालका अनुसार हामी बिचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरु तथा खेल प्रेमी नेपालीहरुको चाहना र भावनाको कदर गर्दछ । 

    सहकार्यले उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै हुने बिस्वास लिएको छु । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय