स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा वीरेन्द्रनगर र धनगढी विस्तार, अब सातैबाट प्रदेश सेवा दिने

स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा वीरेन्द्रनगर र धनगढी विस्तार, अब सातैबाट प्रदेश सेवा दिने

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • images
    images
    स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा वीरेन्द्रनगर र धनगढी विस्तार, अब सातैबाट प्रदेश सेवा दिने
    images
    images

    स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली गरी दुई वटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरेको छ।

    उक्त शाखा कार्यालयहरूको स्थापनासँगै बैंकले नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा विस्तार गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा दुवै शाखा कार्यालयहरूको समुद्घाटन गरेका हुन्।

    सुर्खेत शाखाको १९ गते उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह समेत उपस्थित भएका थिए।

    दुबै शाखाको उद्घाटन समारोहमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका सञ्चालक समितिका सदस्य सिद्धान्त राज पाण्डेयले सञ्चालक समितिको प्रतिनिधित्व गरेका हुन्।

    सो समारोहमा धन्यवाद ज्ञापन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले उक्त शाखाहरू स्थापनाका क्रममा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगका लागि कृतज्ञता व्यक्त गरे। 

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयको स्थापनाबाट वीरेन्द्रनगर र धनगढीको आर्थिक विकासका लागि थप अवसरहरू सिर्जना गर्ने विश्वास बैंकले राखेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com