नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालन, ग्राहकले क्यास काउन्टर पुग्नै नपर्ने

नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालन, ग्राहकले क्यास काउन्टर पुग्नै नपर्ने

बिहिवार, भदौ २७ २०८१
बिहिवार, भदौ २७ २०८१
  • images
    images
    नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालन, ग्राहकले क्यास काउन्टर पुग्नै नपर्ने
    images
    images

    काठमाडौं / आफ्ना ग्राहकवर्गलाई नेपाल बैंकले न्युरोड, काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो  नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । 

    सो नगद निक्षेप मेसिनको सुविधाले ग्राहकलाई थप सेवा पुग्ने अपेक्षा सहित प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार  गरिदै लगिने जनाएको छ ।

     नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।  

    हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेकोछ । 

    अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको प्रवक्ता होम बहादुर खड्काले जनाएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com